लुम्बिनी

पीसीआर नगरी घर पठाउँदा बिरोध, आरटिडी परीक्षणमा ११ पोजेटिभ



परासी, १८ जेठ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा गरिएको आरटिडी परीक्षणमा ११ जनामा पोजेटिभ देखिएको छ । गाउँपालिकाका ८ स्थानमा क्वारेन्टाइन छन् । तिमध्ये ७ वटा क्वरोन्टाइनमा रहेका ९१ जनामा गरिएको आरटिडी परीक्षणमा ११ जनाको रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिनुभयो ।

            पोजेटिभ देखिएका सबैको स्वाब संकलन गरेर काठमाण्डौं पठाइएको छ । अरुलाई घर पठाउन थालिएको छ । सुस्ता गाउँपालिकाको क्वारेन्टाइनमा बस्नेको संख्या २ सय ६९ छ । पीसीआर परीक्षण गर्न जिल्लामा भिटिएम नभएकाले क्वारेन्टाइनमा बस्नेहरुलाई आरटिडी परीक्षण नेगेटिभि आएपछि घर पठाउने गरिएको छ । 

            “सरकारले १४ दिन पूरा गरेकालाई आरटिडी गरेर घर पठाउन भनेको छ । सोही निर्देशन अनुसार नेगेटिभ आएकालाई घर पठाउन थालिएको ढकालले उल्लेख गर्नुभयो । पीसीआर परीक्षण नगरी घर पठाउँदा गाउँलेले बिरोध गर्न थालेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनु भयो । “भिटिएम छैन । १४ दिन पूरा भएकाहरुले घर नपठाए भागेर जान्छौं भनेर धम्की दिन्छन, पठायो पीसीआर नगरी घर पठाएको भन्दै गाउँले बिरोध गर्छन् ”अध्यक्ष पाण्डेले गुनासो गर्नुभयो । 

            सरकारले भिटिएम नपठाउँदा स्थानीय तहहरु समस्यामा परेको उहाँले बताउनु भयो । यसअघि सुस्ता गाउँपालिकामा गरिएको पिसीआर परीक्षणमा दुईजनामा पोजेटिभ देखिएको थियो । अहिलेसम्म जिल्लामा ५ जना कोरोना संक्रमित छन् । आजसम्म जिल्लाका क्वारेन्टाइनमा बस्नेको संख्या १४ सय ८ छ ।  क्वारेन्टाइनमा बस्ने सबै भारतबाट आएका हुन् । जिल्लामा हरेक दिन भारतबाट आउनेको संख्या बढ्दो छ । 

प्रकाशित : १८ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६