अन्तर्राष्ट्रिय

कोरोना कहरः विश्वभर ६२ लाख ६३ हजार बढी संक्रमित, ३ लाख ७३ हजार भन्दा धेरैको मृत्यु



एजेन्सी, १९ जेठ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कहरले ६२ लाख ६३ हजारभन्दा बढी संक्रमित भएका छन् । ५ महिनादेखि फैलिएको विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६२ लाख ६३ हजार ६४ जना मानिस संक्रमित भएका छन् ।पछिल्लो २४ घण्टामा १ लाख ८ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । यस्तै एकैदिन अरू ३ हजार भन्दा बढीको मृत्यु भएको छ । वल्डोमिर्टसको तथ्याङ्क अनुसार ३ लाख ७३ हजार ८५८ पुगेको छ ।

        ३० लाख ४२ हजार ६८३ जनाको उपचार भइरहेकोमा ५३ हजार ४०९ जनाको अवस्था गम्भीर छ भने २८ लाख ४६ हजार ५२३ जना निको भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा सोमबार विहान सम्म १ लाख ७३ हजार ७२६ जनाको मृत्यु भएको छ ।

        २० लाख १९ हजार ७८१ जना संक्रमित भएकोमा ९ लाख ८७ हजार ८० जना निको भएका छन् । यस्तै एसियाली मुलुकहरुमा ३० हजार ७७८ जनाको मृत्यु भएको छ । ११ लाख ३६ हजार ८४८ जना संक्रमित भएका छन् । त्यस्तै  ६ लाख ९४ हजार ८८३ जना निको भएका छन् भएका छन् । अफ्रिकी मुलुकहरुमा ४ हजार २४५ जनाको ज्यान गएको छ भने १ लाख ४८ हजार ७७३ जना संक्रमित छन् । संक्रमितमध्ये ६३ हजार ४६३ जना संक्रमणमुक्त भएका छन् ।

        कोरोना भाइरसको सबैभन्दा बढी मार अमेरिकामा परेको छ । अमेरिकामा कोरोना भाइरसका कारण १८ लाख ३७ हजार १३७ जना संक्रमित भएका छन् । अमेरिकामा १ लाख ६ हजार १९५ जनाको कोरोना संक्रमणले मृत्यु भएको छ भने ५ लाख ९९ हजार ८६७ जना निको भएका छन् । कोरोना भाइरसका कारण अमेरिकामा समेत खाद्य संकट सुरु भएको छ भने करिब ४ करोड मानिसहरु बेरोजगार भएका छन् ।

प्रकाशित : १९ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६