लुम्बिनी

कपिलवस्तुका २३ जनाले जिते कोरोना संक्रमण



बरवा, १९ जेठ । कपिलवस्तु जिल्लामा कूल २३ जनाले कोरोनाको सङ्क्रमण जितेका छन् । विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत उनीहरु कोरोनामुक्त भएर ‘डिस्चार्ज’ भएको जिल्ला स्वास्थ कार्यालय कपिलवस्तुले जनाएको छ। स्वास्थ्य कार्यालयका अनुसार आज थप ५ जना कोरोना संक्रमण मुक्त भएका छन् । 

        संक्रमण मुक्त हुनेमा  कपिलवस्तु नगरपालिकाका ४ जना र विजयनगर गाउँपालिकाका १ जना रहेका छन् । उनीहरुको भिम अस्पताल भैरहवामा उपचार भैरहेको थियो ।  यससंगै कपिलवस्तुमा निको हुनेको संख्या २३ पुगेको छ ।

            कपिलवस्तु जिल्लामा कोरोना संक्रमण हुनेको संख्या २७० पुगेको छ ।  जिल्लाका सवै स्थानिय तहमा कोरोनाको संक्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ८ जनाले ज्यान गुमाएका छन्। 

प्रकाशित : १९ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६