अन्तर्राष्ट्रिय

कोरोना कहरः विश्वभर ६३ लाख ६६ हजार बढी संक्रमित, ३ लाख ७७ हजार भन्दा धेरैको मृत्यु



एजेन्सी, २० जेठ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर ६३ लाख ६६ हजारभन्दा बढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १ लाख ४ हजार बढी नयाँ संक्रमित थपिएका छन् । विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख ७७ हजार ४३७ पुगेको छ ।

            ३० लाख ३१ हजार ७५२ जनाको उपचार भइरहेकोमा ५३ हजार ४०३ जनाको अवस्था गम्भीर छ भने २९ लाख ३ हजार ६०५ जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा मंगलबार बिहान सम्म १ लाख ७४ हजार ६५४ जनाको मृत्यु भएको छ । २० लाख ३४ हजार २६८ जना संक्रमित भएकोमा ९ लाख ९३ हजार ९५६ जना निको भएका छन् ।

        यस्तै एसियाली मुलुकहरुमा ३१ हजार २७१ जनाको मृत्यु भएको छ । ११ लाख ६३ हजार ८३८ जना संक्रमित भएकोमा ७ लाख १२ हजार ९४५ जना निको  भएका छन् । अफ्रिकी मुलुकहरुमा ४ हजार ३६९ जनाको मृत्यु भएको छ भने १ लाख ५४ हजार ९०७ जना संक्रमित छन् । संक्रमितमध्ये ६५ हजार ९३१ जना निको भएका छन् ।

        कोरोना भाइरसको सबैभन्दा बढी मारमा परेको अमेरिकामा १८ लाख ५९ हजार ३२३ जना संक्रमित भएका छन् । त्यस्तै १ लाख ६ हजार ९२५ जनाको ज्यान गएको छ । अमेरिकामा ६ लाख १५ हजार ४१६ जना कोरोना भाइरस मुक्त भएका छन् । अमेरिकामा अहिले ७० सहरमा भएको व्यापक प्रदर्शनका कारण त्यहाँ कोरोना भाइरसको संक्रमण झन् बढ्ने चिन्ता गरिएको छ ।

प्रकाशित : २० जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६