अर्थ-वाणिज्य

नेकपा अध्यक्ष पोख्रेलद्वारा मन्त्री भुसालको ध्यानाकर्षण , डम्पीङमा फालिएका तरकारीको क्षेतीपूर्ति मन्त्रालयले दिने घोषणा



कपिलवस्तु २० जेष्ठ  । धनकौलीका किसानको अर्घाखाँचीमा प्रहरीको रोहवरमा नष्ट गरिएको तरकारीको क्षेतीपूर्ति नेपाल सरकारले दिने भएको छ । नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेलको पहलमा कृषि मन्त्री घनश्याम भुसाललाई घटना र त्यसवाट भएको क्षेतीवारे जानकारी गराएपछि मन्त्री भुसालले क्षेतीपूर्ति उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भएको हो । 


        नेकपाका अध्यक्ष पोख्रेलले प्रेसपाटीलाई भन्नु भयो —मन्त्री भुसालले त्यहा भएको क्षेतीको विवरण छिटो पठाउन आग्रह गर्नु भएको छ । विवरण उपलब्ध हुदासाथ मन्त्रालयवाट क्षेतीपूर्ति रकम पठाउछ भन्दै ढुक्क रहन आग्रह गरेको पोख्रेलले प्रष्टयाउनु भयो । 

        यता अध्यक्ष पोख्रेलले अर्घाखाँचीमा जे जस्तो घटना भएको अत्यन्तै निन्दनीय भयो भन्दै यस्तो काम राज्यका जिम्मेवार निकायवाट भएकोले उनीहरु माथि समेत छानविन हुनुपर्ने स्पष्ट पार्नु भयो । पोखरेलले भन्नु भयो—धनकौलीका किसान कपिलवस्तु रुपन्देही र अर्घाखाँचीका लागि ताजा तरकारी उपलब्ध गराउने तरकारी दाता हुन् ।  उनीहरुलाई राज्यले उच्च प्रोत्साहन गर्नु पर्नेमा निरुत्साहीत हुने काम भयो त्यसैले  मैले मन्त्रीसंग जसरी पनि राज्यले क्षेतिपूर्ति दिनुपर्छ र घटनाको छानविन गरि दोषिमाथि कारवाही हुनुपर्छ भनेर  मन्त्री भुसालको गंभिर ध्यानाकर्षण गराएको छ  अध्यक्ष पोख्रेलले प्रेसपाटीसंग भन्नु भयो । 

        यता मन्त्री भुसालले उक्त घटना अकल्पनीय र दुखद भएको सामाजिक मिडियावाट प्रतिकृया जनाई सक्नु भएको छ । उहाले स्वदेशी किसानको उत्पादन डम्पीङ साइटमा लगेर फाल्ने वाह्य वजारवाट आयातीत तरकारी र फलफूल बेरोकटोक उपभोग गर्ने कामले नेपालको हित नगर्ने प्रष्टयाउनु भएको छ । यता कृषि  तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव राजेन्द  प्रसाद भारीले अर्घाखाँचीमा भएको घटनाले गंभिर ध्यानाकर्षण भएको भन्दै यस्ता घटना अविलम्व रोक्न आग्रह गर्नु भएको छ । उहाले सो घटनाको छानविन हुने समेत बिज्ञप्ती मार्फत प्रष्ट पार्नु भएको छ । 

प्रकाशित : २० जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६