कपिलवस्तु ४मंसिर
बढ्दो साइबर अपराध, लागूऔषध दुव्र्यसन र मानव बेचबिखनका जोखिमबाट विद्यार्थीलाई जोगाउने उद्देश्यले बाणगंगा नगरपालिका–१ बुन्चीस्थित सिद्धार्थ क्याम्पसमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।बाणगंगा नगरपालिका र इलाका प्रहरी कार्यालय पिपराको समन्वयमा आयोजित कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीलाई लक्षित गरी सामाजिक सञ्जालको सुरक्षित प्रयोग, लागूऔषध दुव्र्यसन र मानव बेचबिखनका जोखिम तथा कानुनी व्यवस्थाबारे जानकारी गराइएको थियो।इलाका प्रहरी कार्यालय पिपराकी प्रमुख कालिका कार्कीले प्रशिक्षण दिँदै अपरिचित व्यक्तिसँग सामाजिक सञ्जालमा नजोडिन, व्यक्तिगत विवरण साझा नगर्न र कसैले डर, धम्की वा प्रलोभन देखाएमा अभिभावक तथा प्रहरीलाई खबर गर्न आग्रह गर्नुभयो।
विद्यार्थी जीवन भविष्य निर्माणको समय भएकाले गलत संगत र कुलतबाट टाढा रहन उहाँले जोड दिनुभयो।नगर उपप्रमुख रीता कुमारी चौधरीले विद्यार्थीलाई सचेत बनाउन नगरपालिकाले विभिन्न शैक्षिक संस्थामा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो।फ्रिडम फाउन्डेसनका हेमन्त थापाले सहजीकरण गर्नुभएको कार्यक्रममा लागूऔषध दुव्र्यसनका असर, कानुनी सजाय, मानव बेचबिखन, अङ्गको अवैध कारोबार तथा यौन शोषणसम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी गराइएको थियो।
साथै, विभिन्न प्रलोभनमा नफस्न र शंकास्पद गतिविधिबारे प्रहरीलाई खबर गर्न आग्रह गरिएको थियो।कार्यक्रममा क्याम्पस प्रमुख वेदराम अर्याल, सहायक क्याम्पस प्रमुख गोविन्दप्रसाद खनाल, कक्षा १२ का संयोजक राजकुमार अर्याल, प्राध्यापक रोमाकान्त घिमिरे लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन नगरपालिकाकी महिला तथा बालबालिका शाखा अधिकृत सुशीला पन्थले गर्नुभएको
४ मंसिर २०८३, बिहिबार









प्रतिक्रिया