लुम्बिनी

कपिलवस्तुमा ११ः०० देखि २ः०० बजेसम्म पसल खुल्ला, निर्माण सामग्री ढुवानी गर्न अनूमति



बरवा,२० जेठ । आज मंगलबार जिल्ला प्रशासन कार्यालय फेरि अर्को सूचना जारी गरी कपिलवस्तुमा लकडाउन खुकुलो पारेको छ । प्रशासनको सूचना अनुसार कपिलवस्तुमा अति आवश्यक खाद्यान्न पसलसंगै निर्माण सामग्री ढुवानीमा व्यवसायलाई अनुमति प्रदान गरिएको छ । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

        समितिको बैठकले पसलहरु खोल्ने समयमा भने परिवर्तन गरेको छ । जिल्लामा अति आवश्यक खाद्यान्न तथा निर्माण सामग्री बेच्ने पसल विहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म मात्र खुल्ने छन् । यस अघिविहान ७ः०० देखि ९ः०० बजेसम्म पसलहरु खुल्दै आएका थिए ।

        यस्तै बैंकहरुले जोर र विजोरका आधारमा ६ दिन नै ग्राहकलाई सेवा दिनुपर्ने भएको छ । निर्माण सम्बन्धी उद्योगहरु, विद्युतीय सामाग्री उत्पादन गर्ने उद्योगहरु, खाद्य सामाग्री उत्पादन गर्ने उद्योगहरु र राष्ट्रिय गौरवका आयोजनाहरु समेत जिल्ला प्रशासनको अनुमति लिई संचालन गर्न सक्ने प्रशासनको सूचनामा उल्लेख छ । यो निर्णय मध्यरातबाट लागू हुने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।


प्रकाशित : २० जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६