अर्थ-वाणिज्य

कर दाखिलाको निर्णय फिर्ता नलिए चरणवद्ध आन्दोलन



बुटवल, २१ जेठ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ५ समितिले जेठ २५ सम्म कर दाखिला गर्न सरकारले जारी गरेको निर्णय फिर्ता नलिए आन्दोलन गर्ने जनाएको छ । संघले सरकारको निर्णय फिर्ता नलिए चरणवद्ध आन्दोलन गर्ने चेतावनी सेमत दिएको छ ।

        महासंघका प्रदेश ५ अध्यक्ष गुणनिधि तिवारीले प्रेस विज्ञप्ति जारी गर्दै कोरोना महामारीको विश्वव्यापी असर र जारी लकलकडाउनका कारण उद्योग–व्यवसाय नचलेका कारण आफूहरु मारमा परेको उल्लेख छ । कोरोना महामारीको विषम परिस्थितिमा व्यवसायीलाई राहत दिनुको साटो उल्टो कर दाखिलाको ताकेता गर्नु आपत्तिजनक भएको विज्ञप्तिमा उल्लेख छ ।

        जेठ १५ गते सर्वोच्च अदालतले लकडाउन अवधिलाई शून्य समय मान्ने फैसला गरेको सन्दर्भमा सरकारले त्यसलाई समेत बेवास्ता गर्दै जेठ २५ सम्म मूल्य अभिवृद्धि कर, अन्त शुल्क र अग्रिम आय कर बुझाउन सूचना जारी गरेको भन्दै महासंघले त्यसको विरोध गरेको छ । सरकारले तोकेको मितिमा कुनै पनि हालतमा कर दाखिला गर्न सक्ने व्यवसायीको अवस्था नरहेको  महासंघले जनाएको छ ।

प्रकाशित : २१ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६