अर्थ-वाणिज्य

पश्चिमाञ्चल यातयात व्यवसायी समितिद्वारा व्यवसायीलाई ५२ लाख राहत



बुटवल, २१ जेठ । कोभिड १९ को महामारीका कारण यातायात क्षेत्रको व्यवसाय धरासायी भएको ठहर सहित आफ्ना व्यवसायीलाई राहात स्वरुप पश्चिमाञ्चल यातयात व्यवसायी समिति बुटवलले ५२ लाख सहयोग गरेको छ । विभिन्न संघ संस्थाहरुले व्यवसायी तथा सदस्यहरुलाई खाद्यान्य लगायतका सामग्री राहात स्वरुप प्रदान गरेकोमा पश्चिमाञ्चल यातयात व्यवसायी समितिले आफ्ना सदस्य व्यवसायीहरुलाई एक महिनाको दुर्घटना विमा वाफत लिने रकम छुट गरि दिएको छ । 

        समितिले मासिक रुपमा दुर्घटनावापत प्रति ट्रक २ हजार ५ सय रुपैयाँ लिने गरेकोमा कोभिड १९ को महामारीका कारण यातायात क्षेत्र समस्यामा परेको भन्दै एक महिनाको रकम समितिले आफै तिरिदिएको अध्यक्ष यमप्रसाद पाण्डेले बताउनु भयो । समितिमा आवद्ध नियमित रुपमा मासिक दूर्घटना शुल्क बुझाउने २ हजार ८० गाडीको एक महिनाको रकम ५२ लाख समितिले बुझाईदिएको कोषाध्यक्ष हरि रिमालले बताउनु भयो । 

        लकडाउनले पारेको समस्यामा एक महिनाको २५ सय रुपैयाँ बुभाउन नपरेपछि यातयात व्यवसायीलाई केही राहात महसुस भएको महासचिव जीतबहादुर भाटले बताउनु भयो । समितिले मासिक रुपमा दुर्घटना हेर्ने गरि सदस्य व्यवसायीवाट प्रति ट्रक हरेक महिना  २ हजार ५ सय रुपैयाँ उठाएर व्यवसायीको सवारी साधन दुर्घटनामा परेमा वा कोही अन्य सवारी साधन तथा मानिस पशुपंक्षी लगायतलाई ठक्कर दिएमा समितिले खर्च व्यहोर्ने गरि क्षतिपुर्ति एवम उपचार र मर्मत गर्दै आएको वरिष्ठ उपाध्यक्ष प्रतावबहादुर कार्कीले बताउनु भयो । 

प्रकाशित : २१ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६