बुटवल, २१ जेठ । कोभिड १९ को महामारीका कारण यातायात क्षेत्रको व्यवसाय धरासायी भएको ठहर सहित आफ्ना व्यवसायीलाई राहात स्वरुप पश्चिमाञ्चल यातयात व्यवसायी समिति बुटवलले ५२ लाख सहयोग गरेको छ । विभिन्न संघ संस्थाहरुले व्यवसायी तथा सदस्यहरुलाई खाद्यान्य लगायतका सामग्री राहात स्वरुप प्रदान गरेकोमा पश्चिमाञ्चल यातयात व्यवसायी समितिले आफ्ना सदस्य व्यवसायीहरुलाई एक महिनाको दुर्घटना विमा वाफत लिने रकम छुट गरि दिएको छ ।
समितिले मासिक रुपमा दुर्घटनावापत प्रति ट्रक २ हजार ५ सय रुपैयाँ लिने गरेकोमा कोभिड १९ को महामारीका कारण यातायात क्षेत्र समस्यामा परेको भन्दै एक महिनाको रकम समितिले आफै तिरिदिएको अध्यक्ष यमप्रसाद पाण्डेले बताउनु भयो । समितिमा आवद्ध नियमित रुपमा मासिक दूर्घटना शुल्क बुझाउने २ हजार ८० गाडीको एक महिनाको रकम ५२ लाख समितिले बुझाईदिएको कोषाध्यक्ष हरि रिमालले बताउनु भयो ।
लकडाउनले पारेको समस्यामा एक महिनाको २५ सय रुपैयाँ बुभाउन नपरेपछि यातयात व्यवसायीलाई केही राहात महसुस भएको महासचिव जीतबहादुर भाटले बताउनु भयो । समितिले मासिक रुपमा दुर्घटना हेर्ने गरि सदस्य व्यवसायीवाट प्रति ट्रक हरेक महिना २ हजार ५ सय रुपैयाँ उठाएर व्यवसायीको सवारी साधन दुर्घटनामा परेमा वा कोही अन्य सवारी साधन तथा मानिस पशुपंक्षी लगायतलाई ठक्कर दिएमा समितिले खर्च व्यहोर्ने गरि क्षतिपुर्ति एवम उपचार र मर्मत गर्दै आएको वरिष्ठ उपाध्यक्ष प्रतावबहादुर कार्कीले बताउनु भयो ।
प्रतिक्रिया