गुल्मी २३ जेठ । गुल्मीका दुई जनामा डेंगु रोग देखा परेको छ । जिल्लाको सत्यवती गाउँपालिकाका एक जना १४ बर्षिय पूरुष र ५१ बर्षिय महिलामा डेंगु रोग देखा परेको जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । उनीहरु सत्यवती गाउँपालिका वडा नं ५ की महिला र ६ का पुरुष रहेको बताइएको छ ।
शुक्रबार उनीहरुमा बढी ज्वरो देखा परी स्वास्थ्य परीक्षण गर्दा डेंगु देखा परेको हो । उनीहरुलाई स्वास्थ्य केन्द्रको निगरानीमै राखेर उपचार गरिएको सवास्थ्य केन्द्रकी प्रमुख डाक्टर शिला ढकालले जानकारी दिनुभयो । उनीहरुले यस भन्दा पहिले नीजि क्लिनिकबाट औषधीहरु खाँदै आएको र उनीहरुमा उच्च ज्वरो र टाउको दुख्ने समस्या देखा परे पश्चात परीक्षण गर्दा डेंगु देखा परेको ढकालले बताउनुभयो ।
प्रतिक्रिया