लुम्बिनी

गुल्मीका २ जनामा डेंगु रोग



गुल्मी २३ जेठ । गुल्मीका दुई जनामा डेंगु रोग देखा परेको छ । जिल्लाको सत्यवती गाउँपालिकाका एक जना १४ बर्षिय पूरुष र ५१ बर्षिय महिलामा डेंगु रोग देखा परेको जोहाङ  प्राथमिक स्वास्थ्य केन्द्रले  जनाएको छ । उनीहरु सत्यवती गाउँपालिका वडा नं ५ की महिला  र ६ का पुरुष रहेको बताइएको छ ।   

        शुक्रबार उनीहरुमा बढी ज्वरो देखा परी स्वास्थ्य परीक्षण गर्दा डेंगु देखा परेको  हो  । उनीहरुलाई स्वास्थ्य केन्द्रको निगरानीमै राखेर उपचार गरिएको  सवास्थ्य केन्द्रकी  प्रमुख डाक्टर शिला ढकालले  जानकारी दिनुभयो । उनीहरुले यस भन्दा पहिले नीजि क्लिनिकबाट औषधीहरु खाँदै आएको र उनीहरुमा उच्च ज्वरो र टाउको दुख्ने समस्या देखा परे पश्चात परीक्षण गर्दा डेंगु देखा परेको ढकालले बताउनुभयो । 

प्रकाशित : २३ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६