खेलकुद

विश्वकप छनोटका खेल चार महिनापछि गराउने एएफसीको प्रस्ताव



काठमाडौँ २४ जेष्ठ । एशियाली फुटबल महासङ्घ एएफसी ले कोरोना भाइरसका कारण स्थगित फिफा विश्वकप २०२२ तथा एएफसी एशियन कप २०२३ को छनोट खेलहरू चार महिनापछि गराउने प्रस्ताव अघि बढाएको छ । नेपालले खेल्ने उक्त खेलहरु आगामी अक्टोबर र नोभेम्बरमा गराउन एएफसीले विश्व फुटबल महासंघ ९फिफा०लाई प्रस्ताव गरेको हो ।यसअघि गत चैतमा अष्ट्रेलिया, चाइनिज ताईपेइ र जोर्डनसँग छनोट खेल घरेलु मैदानमा खेल्ने तय भए पनि कोरोना भाइरसका कारण स्थगित भएको थियोे । स्थगित खेल अक्टोबर ८ र १३ तथा नोभेम्बर १२ र १७ तारिखमा गर्न प्रस्ताव गरिएको एएफसीले जनाएको छ । विभिन्न देशका फुटबल संघसितको भिडियो बैठक पछि एएफसीले उक्त मितिमा खेल गराउन तयारी थालेको हो । दोस्रो चरणको छनोटअन्तर्गत नेपालले तीन खेल खेल्न बाँकी छ । ति सबै खेल नेपालले घरेलु मैदानमा खेल्नेछ । 

                एएफसीको प्रस्तावलाई फिफाले अनुमति दिएमा नेपालले अक्टोबर ८ मा चाइनिज ताइपेइ, अक्टोबर १३ मा अष्ट्रेलिया र नोभेम्बर १२ मा जोर्डनसँग खेल्नेछ । समूह बी मा रहेको नेपालले हालसम्म पाँच खेलमा तीन अङ्क जोडेको छ । नेपालले चाइनिज ताइपेइलाई पराजित गरी उक्त समूहमा चौथो स्थान बनाएको थियो । हालसम्मको खेल प्रदर्शनअनुसार १२ अङ्कका साथ अष्ट्रेलिया शीर्षस्थानमा, १० अङ्कका साथ कुवेत दोस्रो, समान १० अङ्क नै बनाएको जोर्डन तेस्रो तथा अङ्कबिहीन अवस्थामा रहेको चाइनिज ताइपेइ समूह बी को पुछारमा छ ।समूहको शीर्षटोली विश्वकपको तेस्रो चरणमा पुग्नुका साथै एशिया कपमा सोझै पुग्नेछ । दोस्रो हुने टोली विश्वकपको तेस्रो चरणमा तथा एशिया कप छनोटको तेस्रो चरणमा पुग्नेछ । तेस्रो, चौथो र पाँचौँ स्थानमा रहने टोली विश्वकप छनोटबाट बाहिरिने छन् । विश्वकप २०२२ कतारमा तथा एएफसी एशियन कप २०२३ चीनमा हुनेछ

प्रकाशित : २४ जेष्ठ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६