अर्थ-वाणिज्य

नगर क्षेत्रका तीन स्थानमा स्मार्ट शौचालय निर्माण शुरु



भरतपुर २४ जेष्ठ ।भरतपुर महानगरले नगर क्षेत्रका तीन स्थानमा स्मार्ट शौचालय निर्माण शुरु गरेको छ । भरतपुर महानगरपालिकाको आवतजावत बढी हुने चौबीसकोठी, गोन्द्राङ र रामनगरमा स्मार्ट शौचालय निर्माणको काम थालिएको हो ।ती स्थानमा स्मार्ट शौचालय बनाउन लागिएको हो । भरतपुर महानगरपालिका–१२ स्थित रामवेल सामुदायिक वनमा रहेको राइनो चिल्ड्रेन पार्क परिसरमा शुक्रबार स्मार्ट शौचालयको शिलान्यास गरिएको छ ।

     वाग्मती प्रदेशसभा सदस्य विजय सुवेदी र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले संयुक्तरूपमा स्मार्ट शौचालयको शिलान्यास गर्नुभएको हो ।भरतपुर महानगर र प्रदेश सरकारको रु एक करोड २० लाख लागतमा शौचालय निर्माण हुनेछ । निर्माणको जिम्मा ज्योति निर्माण सेवाले पाएको छ । स्मार्ट शौचालय सुबिधा सम्पन्न हुने छ । पाँचौँ नगरसभाबाट निर्णय गरेर प्रदेश सरकारसँगको साझेदारीमा शौचालय निर्माण गर्न लागिएको महानगर प्रमुख दाहालले बताउनुभयो । उहाँले राइनो पार्कको विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको र रु दुई करोड ५० लाख लागतमा पार्क निर्माणको लागत तयार भएको जानकारी दिनुभयो ।शौचालयमा महिला र पुरुषको छुट्टाछुट्टै कोठासँगै अपाङ्गमैत्रीसमेत हुने महानगरकी आर्किटेक इञ्जीनियर अस्मिता खनालले जानकारी दिनुभयो । उहाँले शौचालयको बाहिरी क्षेत्रमा स्मार्ट कार्डकक्ष रहने र त्यहाँ सिक्का खसालेर शौचालय प्रवेश गर्न सकिने बताउनुभयो । लम्बाइ ३३ फिट र चौडाइ २२ फिटमा बन्ने शौचालय आकर्षक हुने उहाँको भनाइ छ ।

प्रकाशित : २४ जेष्ठ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६