अन्तर्राष्ट्रिय

भारत विश्वमा कोरोना संक्रमणको सूचीमा छैठौं, दैनिक ९ हजारका दरले संक्रमित



एजेन्सी, २५ जेठ । भारत कोरोना संक्रमणको दर बढ्दै गएपछि विश्वमा कोरोना संक्रमणको सूचीमा छैठौं स्थानमा पुगेको छ । एसियाली मुलुकमा सबैभन्दा बढी संक्रमण भएको भारले संक्रमणका हिसाबले इटालीलाई पनि उछिनेको छ । तर मृत्युको दरमा भने इटलीको तुलनामा भारतमा कम मात्रामा मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरसका संक्रमित दैनिक ९ हजारका दरले बढ्न थालेका छन् ।

        कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार नाघेको भारतमा केही दिन यता दैनिक संक्रमण पुष्टि हुनेको संख्या ९ हजार पार गर्न थालेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १० हजार ४३८ जनामा संक्रमण पुष्टि भएको छ ।

        योसँगै कुल संक्रमितको संख्या २ लाख ४६ हजार ६२२ पुगेको छ । एकै दिन अरू २९७ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ६ हजार ९४६ पुगेको छ । यसअघि शुक्रवार ९ हजार ४७१ जना संक्रमित थपिएको भारतमा बिहिबार पनि ९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको थियो । भारतमा संक्रमितमध्ये १ लाख १८ हजार ६९५ जना संक्रमणमुक्त भएका छन् ।

        कोराना भाइरस को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण पुर्याएर जुन ३० सम्म लगिएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै गएपछि संक्रमण पनि बढ्दै गएको बताइएको छ । भारले लकडाउनमा खुकुलो पारेसँगै नेपालमा पनि संक्रमण बढ्दो छ ।

प्रकाशित : २५ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६