बुटवल, २५ जेठ । लकडाउनको बेला विभिन्न स्थानमा स्वास्थ्यकर्मीहरुमाथि भएको आक्रमण तथा दुव्र्यवहारप्रति सामाजिक विकास मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सामाजिक विकास मन्त्री सुदर्शन बरालले एक प्रेस विज्ञप्ती जारी गर्नुहुदै त्यस प्रकारको घटनाले अत्यन्तै दुःखी तुल्याएको जनाउनु भएको हो । प्रेस विज्ञप्तीमा मन्त्री बरालले कोभिड–१९ विरुद्ध अहोरात्र खटिनुभएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमण तथा दुव्र्यवहारको घटनाप्रति घोर भत्र्सना तथा निन्दा गर्दछु भन्नुभएको छ ।
मन्त्री बरालले यस प्रकारका आक्रमण तथा दुव्र्यवहार हाम्रो प्रदेशमा भएमा संलग्नहरुलाई कारवाहीको लागि प्रदेश सरकार कठोर कदम चाल्न वाध्य हुने व्योहोरा उल्लेख गरिएको छ । संक्रमणको शुरुवाति चरण अघिदेखि नै स्वास्थ्यकर्मीहरुले उच्च मनोबलका साथ उपचार गरिरहेको उल्लेख गर्नुहुदै उहाँले कठिन कार्यमा खट्नु हुने स्वास्थ्यकर्मीहरुलाई उच्च प्रशंसासहित सम्मान प्रकट गर्नुभएको छ ।
संक्रमितहरुको संख्या वृद्धि हुदैं जाँदा कोभिड–१९ को रोकथाम र नियन्त्रणको लागि अग्रभागमा खटिनु भएका स्वास्थ्यकर्मीको जिम्मेवारी अझै थपिएको उहाँले जनाउनु भएको छ । प्रदेश सरकार स्वास्थ्यकर्मीहरुको भौतिक, पेशागत र स्वास्थ्य सुरक्षाप्रति निकै संवेदनशील भन्दै मन्त्री बरालले विश्वास दिलाउनु भएको छ ।
उहाँले कोभिड –१९ का विरुद्ध अग्रभागमा खटिनु भएका सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई विगतमा जस्तै उच्च मनोबलका साथ खटिन अपिल गर्नु भएको छ । मन्त्री बरालले विज्ञप्तीमा सबैको साथ र सहकार्य र सहभागीताबाट कोभिड– १९ माथि नियन्त्रण सम्भव छ भन्दै सम्पूर्ण जनसमुदायलाई कोभिड– १९ को नियन्त्रण तथा रोकथाममा सबैको सहभागीता र सहकार्य जरुरी रहेकाले स्वास्थ्यकर्मीको मनोवल उच्च बनाउने व्यवहार गर्न आह्वान गर्दछु भन्नुभएको छ ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) बाट प्रदेश नं ५ पनि चपेटामा छ । प्रदेश नं ५ मा हाल सम्म संक्रमितको संख्या ९ सय ६४ पुगेको छ । अहिलेसम्म ८६ जना निको भएर घर फर्किसक्नु भएको छ । चारजनाको मृत्यु भएको छ भने ३ जना सघन उपचार कक्षमा उपचाररत हुनुहुन्छ ।
प्रतिक्रिया