अर्थ-वाणिज्य

भाडा बृद्धि गरेर सार्वजनिक यातायात चलाउने सरकारको तयारी यस्तो छ



काठमाडौं, २६ जेठ । नेपाल सरकारले यातायातको भाडा दर बृद्धि गरेर  सार्वजनिक यातायात सञ्चालनको तयारी थालेको छ । तत्काल सिट क्षमताको आधा संख्यामा मात्रै यात्रु राख्ने गरी नयाँ निर्देशिका तयार भएकाले सवारी धनीलाई घाटा नहुने गरी भाडा बृद्धि गरेरै भएपनि सार्वजनिक यातायात सञ्चालनको तयारी थालिएको हो ।

        प्रस्ताव गरिएको मापदण्ड अनुसार सार्वजनिक यातायातका साधनमा सिट क्षमताको आधा संख्यामा यात्रु बस्ने छन् । सार्वजनिक यातायातको प्रत्येक एउटा सिट खाली राखेर मात्रै अर्को सिटमा यात्रु बस्न पाउने छन् । यात्रुले आफैंले स्यानिटाइजर व्यवस्था गर्नुपर्नेछ साथै मास्कको प्रयोग अनिवार्य गर्नुपर्नेछ । सिट क्षमताको आधाभन्दा बढी यात्रु चढाए कारवाही गरिनेछ । यसबारे ट्राफिक प्रहरीले अनुगमन गर्ने उल्लेख छ । 

        गाडी धनिले दैनिक रुपमा गाडीमा डिस–इन्फेक्सन स्प्रे छर्किनु पर्ने, यात्रुले गाडी कुर्दा तथा गाडीको प्रयोग गर्दा सामाजिक दूरी कायम गर्नुपर्ने लगायतको प्रस्ताव गरिएको छ । यात्रुको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिँदै यातायात व्यवसायी र  यात्रुलाई जिम्मेवार बनाउने गरि निर्देशिका तयारी अन्तिम चरणमा पुगेको विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिनुभयो ।

प्रकाशित : २६ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६