अर्थ-वाणिज्य

पूर्ब सभामुख महरा कृषिकार्यमा रमाउदै



रोल्पा २६ जेठ ।  पूर्वसभामुख कृष्णबहादुर महरा पुर्ख्यौली गाउँ रोल्पा पुगेर खेतिपातीमा लाग्नु भएको छ । उहाले बारी जोत्दै गरेको एउटा फोटो सार्वजनिक भएको छ ।तीन दिन उहा अगाडि रोल्पा जानु भएको थियो ।  खेतिपातीको समय सुरु भएकाले उहाले पुर्ख्यौली गाउँ आएको प्रकिृया दिनु भएको छ। 

        राजनीति गरेदेखि सधैं बाहिरको बाहिरै रहनुपर्यो, आफ्नो बारी जोत्ने मौका नै मिलेको थिएन,’ उहाले भन्नु भयो  ‘अहिले खेतिपातीको कामका लागि परिवारका सबै सदस्य आफ्नो पुर्ख्यौली घर आएका छौं ।’पारिवारिक सदस्यहरुका अनुसार महरा बिहान र साँझ खेतीपातीमा व्यस्त हुनुहुन्छ । दिउँसो भेटघाट र छलफलमा बिताउँनु हुन्छ । महराका ज्वाइँ पूर्ण केसीले भन्नु भयो , ‘उहाँ पहिलेदेखि नै कडा परिश्रम गर्ने मान्छे हो, अहिले पनि उस्तै काम गर्नु हुन्छ । जोत्ने, खन्ने, छर्ने सबै काम आउँछ उहाँलाई ।’ उहालाई जेठो छोरा एटमले सघाउने गरेको केसीको भनाइछ ।

        महराको सम्पत्ति विवरणमा रोल्पाको लिवाङमा दुई तले पुरानो शैलीको एउटा घर र एक तले एउटा गोठ तथा ८ रोपनी सुख्खा पाखो मात्रै रहेको उल्लेख छ । ती सम्पति पनि आफूले भोगचलन नगरी स्थानीय सहकारीलाई दिएको उहाले सम्पति विवरणमा उल्लेख गर्नु भएको छ । ती सम्पति सहकारीले फेरि महरालाई नै भोगचलन गर्न दिएको हो कि के हो भन्नेचाहिँ खुलेको छैन ।

प्रकाशित : २६ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६