ब्रेकिंग न्युज

आरडिटी परिक्षण यस कारण गर्नु परेको हो : मुख्यमन्त्री



बुटवल २६ जेठ  प्रदेश ५ को अर्घाखाँचीले आरडिटी परिक्षण गरेर कोरोना संक्रमणको प्रमाण पत्र दिएपछि ,प्रदेश ५ का अन्य जिल्लामा पनि आरडिटी गर्दै घर पठाउदै गर्न थालिएपछि यतिबेला विरोधका स्वरहरु सार्वजनिक हुन थालेका छन् । यस्तो कामले संक्रमण उच्च हुने आशंका गरिएको छ । तर यस विषयमा प्रदेश ५का मुख्य मन्त्री शंकर पोख्रेलले धारणा सार्वजनिक गर्दै आरडिटी परिक्षणको औचित्य रहेको दावि गर्नु भएको छ । उहाले आफ्नो फेसबुक पेजमा राखेको धारणा यस्तो छ।      प्रदेश सरकारले परिक्षणको दायरा निरन्तर वढाउदै लगेको छ । भविष्यमा थप विस्तारको योजना पनि रहेको छ । अहिलेको अवस्थामा परिक्षण गर्दा निम्नकुरामा ध्यान दिनु आवश्यक छ ।आरडिटी पोजिटिभ निको हुदैगरेको अवस्था वा निको भएको अवस्थामा देखिने एन्टिवडी हो । नयाँ संक्रमितको हकमा आरडिटीमा पोजेटिभ देखिदैन । त्यसैले आरडिटी परिक्षण कोरोन्टाइनमा दुईहप्ता वसेकाहरुको मात्र गर्ने हो । कुनै लक्षण नदेखिएको संक्रमित व्यक्तिवाट दुईहप्तापछि अरुलाई सर्ने सम्भावना रहदैन ।

        त्यसैले आरडिटी परिक्षणमा पोजेटिभ देखिदैमा चिन्तागर्नु पर्दैन । पोजेटिभ देखिएमा निको हुने क्रममा रहेको हो कि निको भएको हो भनेर पिसिआर विधिवाट परिक्षण गर्ने गरिएको छ ।रोगको लक्षण देखिएकाको हकमा सबैको पिसिआर विधिवाट परिक्षण गर्ने गरिएको छ । कन्ट्रयाक ट्रेसिङ अन्तरगत पिसिआर विधिवाट परिक्षण गर्नका लागि पनि कम्तिमा ५ दिन क्वारेन्टिनमा वस्दा सही परिणामको सम्भावना हुन्छ । तसर्थ संक्रमितको सम्पर्कमा आएकाले पनि जानकारी प्राप्त हुनासाथ क्वारेन्टिनमा वसौ ।

         परिक्षणमा केही न केही इरर हुने गर्दछ । त्यसैले नेगेटिभ भयो भनेर स्वास्थ सुरक्षा र सामाजिक दुरीलाई वेवास्ता नगरौ ।डव्लुएचओको प्रोटोकल अनुसार नै परिक्षण र आइसोलेसनका यी विधिहरु प्रयोगमा ल्याइएका छन् । जिल्ला स्वास्थ र स्वास्थ प्राविधिकहरुको सल्लाह अनुसार नै परिक्षणका आवश्यक विधिहरु तालिका अनुसार अघि वढाऔं ।

प्रकाशित : २६ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६