लुम्बिनी

प्रजिअसहित १९ को रिपोर्ट नेगेटिभ



बर्दिया २६ जेष्ठ । बर्दियाका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रशासन कार्यालयका १९ कर्मचारीको पिसिआर आर रिपोर्ट नेगेटिभ आएको छ । प्रजिअका सवारी चालकलाई शनिबार कोरोना संक्रमण पुष्टि भएपछि उनीसहितका कर्मचारीको स्वाब संकलन गरिएको थियो ।नेपालगञ्जको भेरी अस्पतालमा गरिएको परीक्षणका क्रममा प्रजिअ र कर्मचारीमा कोरोना संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिनुभयो । संक्रमित सवारी चालकले सरुवा हुनभएका प्रजिअ प्रेमलाल लामिछानेलाई काठमाडौंँ पु¥याएर नयाँ प्रजिअ लीलाधर अधिकारीलाई त्यहीँबाट लिएर आएका थिए । सरुवा हुनुभएका प्रजिअ लामिछानेको पिसिआर रिपोर्ट नेगेटिभ देखिए पनि चालकको पोजेटिभ देखिएको थियो । चालकलाई गुलरियास्थित जिल्ला समन्वय समितिको सभाकक्षको आइसोलेशनमा राखिएको छ ।

प्रकाशित : २६ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६