ब्रेकिंग न्युज

अर्घाखाँचीमा एकैसाथ धेरै संक्रमित, कहाँवाट थपिए यतिधेरै ?



अर्घाखाँची २६ जेठ  । अर्घाखाँचीमा सोमबार एकैसाथ धेरै संक्रमित थपिएका छन् ।  एकैदिन ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेनटाइनमा बसेकाको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना रोगको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलयका डा. कपिल गौतमले  प्रेसपाटीलाई जानकारी दिनु भयो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ३१ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु सबै क्वारेण्टाइनमा  वसेका भएको   जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ।अझै स्वावको परिक्षण गर्ने काम धेरै वाकी रहेकाले यो संख्या वढ्ने वताइएकाछ । 

    यसअघि जिल्लाका शितगंगा नगरपालिकाको ठाडाको ज्योति माविको क्वारेन्टाइन बसेका ३६ वर्षीय पुरुष र पाणिनी गाउँपालिकाको ८ पालीका कमला माविमा रहेका दुईजनामा कोरोना संक्रमण देखिएको हो। उनीहरुको सन्धिखर्कस्थित हटारीको आइसोलेसनमा उपचार भइरहेको छ ।गत जेठ १० गते भूमिकास्थान नगरपालिका ९ का ३४ वर्षीय कृष्णबहादुर गैरेको नेपाल आउने क्रममा बाटोमा मृत्यु भएको थियो र उनको स्वाब प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कोरोना पोजिटिभ पुष्टि थियो । 

प्रकाशित : २६ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६