ब्रेकिंग न्युज

तौलिहवामा कोरोना परीक्षण ल्याव बनाउने निर्णय, १० पालिका र प्रदेशको संयुक्त लगानीको टुंगो



कपिलवस्तु २६ जेठ  । कपिलवस्तुको तौलिहवामा  कोरोना परिक्षण ल्याव स्थापना हुने भएको छ । प्रदेश ५ सरकारको ५० लाख र कपिलवस्तुका  सबै पालिकाको संयुक्त लगानीमा ल्याव स्थापना हुने भएको छ । प्रदेश ५ सरकारले कपिलवस्तु र वाँकेमा ल्याव स्थापना गर्न ५०/५० लाख दिने भनेर केहिदिन पहिले निर्णय गरेको भएपनि कपिलवस्तुमा कहाँ राख्ने र अरु लगानीको मोडल कस्तो हुने टुंगो लाग्न सकेको थिएन । 

यसै बीच आज प्रमुख जिल्ला अधिकारी  दिर्घ नारायण पौडेलको अध्यक्षतामा वसेको  डिएमसीसी बैठकले ल्याव स्थापना  तौलिहवामा गर्ने निर्णय गरेको हो । कपिलवस्तु अस्पत्ताल विकास समिति तौलिहवा मातहतमा संचालन हुने गरि राख्ने स्थान र जनशक्तिको टुंगो लगाउने जिम्मा तौलिहवा अस्पत्तालका मेडिकल सुपरीटेण्डेट किशोर बन्जाड सहितको चिकित्सक टीमलाई दिइएको छ । 

डा. बन्जाडे सहितको चिकित्सक टोलीले राख्ने स्थान टुंगो लगाएर १ हप्ता विचमा भौतिक संरचना स्थापनाको काम संचालन गर्ने निर्णय भएको वताइएको छ । यता प्रजिअ पौडेलले ५० लाख प्रदेश सरकारको र ६० लाख कपिलवस्तुका १० पालिकाको संयुक्त लगानीमा ल्याव स्थापना गर्ने सर्बसम्मत निर्णय भएको प्रेसपटीलाई  जानकारी दिनु भयो । 

हरेक पालिकाले समान हैसियतका साथ ६/६ लाख रकम ल्याव स्थापना र संचालननका लागि अग्रिम रुपमा दिनेछन् । उक्त रकम खातामा जम्मा गर्ने समय पनि एक हप्ता नै तोकिएकोछ ।सबै पालिकाका प्रमुखहरुले एकमना एकताका साथ सर्ब सम्मत निर्णय गरिएकाले कपिलवस्तुका लागि सोमवारको निर्णय सुखद भएको प्रजिअ पौडेलको भनाइछ । 

यता तौलिहवाको कुन स्थानमा ल्याव स्थापना गर्ने भन्ने टुंगो लगाउने र आवश्यक सामान खरिद गर्ने सम्पूर्ण अख्तियारी समेत तौलिहवा  अस्पत्ताललाई नै प्रदान गरिएको वताउदै प्रजिअ पौडेलले प्रेसपाटीसंग भन्नु भयो  जहासम्म ल्याव स्थापन गर्ने भवन साविकको महिला तथावालवालिका कार्यलय नै  हुन सक्छ । त्यहा अहिले ५० शैयाको आइशोलेशन वार्ड निर्माण समेत भएको छ । अस्पत्तालका डा. किशोर बन्जाडेले उक्त आइशोलेशन वार्डको नेतृत्व पनि तौलिहवा अस्पत्तालले नै गरेकाले सो भन्दा उपयुक्त अर्काे कुनै स्थान पाइएन भने त्यही नै स्थापना हुन्छ प्रेसपाटीलाई जानकारी दिनु भयो । 

प्रकाशित : २६ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६