प्रदेश

बुद्ध आवाजको १२ औं बर्ष प्रबेश, अझ मजबुत थप जवाफदेही



कपिलवस्तु २७ जेठ   कपिलवस्तु संचार सहकारी संस्था लिमिडेडद्धारा संचालीत सामुदायिक रेडियो वुद्धआवाज ८९ विन्दु ६ मेगाहर्ज आज देखि आफनो नियमित प्रशारणको ११ औ वर्ष पुरा गरी १२ औ वर्षमा प्रवेश गरेको छ भने सामुदायिक टेलिभिजन वुद्धआवाज एच.डी छैठौ वर्ष पुरा गरि सातौ वर्षमा प्रवेश गरेको छ । आजकै दिन अर्थात २०६६ साल जेठ २७ गते वेलुकावाट प्रसारण सुरु गरेको वुद्धआवाज एफ.एमले ११ वर्ष पूरा गरेको हो । कोभिड १९ का कारण औपचारीक कार्यक्रम आयोजना नगरिएपनि संचार सहकारीले वार्षिक उत्सव शुभकामना व्यक्त गरेको छ । 

    कपिलवस्तु जिल्लामा संचार जगतको अभ्यासमा सबै भन्दा बढि स्रोत साधन र जनशक्तिका साथ स्थानीय परिवेशलाई केन्द्रित गरि राष्ट्रिय पहिचनाकालागि काम गर्ने संचारगृहका रुपमा सामुादयिक रेडियो वुद्धआवाज एफएम र वुद्धआवाज टेलिभिजन एच.डीले पहिचान बनाएको छ । १२ औ वार्षिकोत्सवका अबसरमा कपिलवस्तु संचार सहकारी संस्थाका अध्यक्ष विष्णु प्रसाद न्यौपाने, महाचिव सरोज खनाल, व्यवस्थापक भेषराज पाण्डेले संयुक्र विज्ञप्ति निकालेर वुद्धआजवाज एफ.एम टिभिले आगामी समयलाई स्रोताका चाहना र आवश्यकताका सामग्रीको गुणस्तरीय उत्पादन र प्रसारणमा अझै घनिभुत रुपमा सदुपयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।सस्थाका संचालक समिति अध्यक्ष  बिष्णु प्रसाद न्यौपानेले बार्षिकोत्सवको शुभकामना दिदै भन्नु भयो । 

     कपिलवस्तु संचार सहकारी संस्थाद्धारा स्थापित टिभिले प्रदेश ५ कै शशक्त संचार सस्थाका रुपमा  पहिचान बनाएको छ । आत्मै देखि साथ दिएर सर्वाधिक लोकप्रिय रेडियो र टिभिको रुपमा उभ्याउनु हुने सम्पूर्ण आदरणीय स्रोता, सुभेच्छुक, विज्ञापनदाता, सहयोगी र एफएम परिवारलाई संचार सहकारीका  ब्यवस्थापक भेषराज पाण्डेले हार्दिक कृतज्ञता प्रकट गर्नु भएकोछ। उहाले अगाडी भन्नु भयो । 

        रेडियोले स्थापनाकाल देखिनै प्रत्येक घण्टा स्थानीय खवर, थारु भाषाको खवर राष्ट्रिय र अन्तराष्टिय समाचार प्रसारण गर्दै आएकोछ। यसका साथै विभिन्न  कार्यक्रम उत्पादन र प्रशारण गर्दै आएको छ । रेडियोले अहिले विहान ५ वजे देखि राती ११ वजे सम्म समाचार मुलक प्रस्तुती, सामाजिक गतिविधि र सामाजिक सन्देश मुलक कार्यक्रमहरु दैनिक १८ घण्टा सम्म प्रसारण गर्दै आएको छ । शुरुमा वाणगंगा गाविसको वैरियामा स्टेशन रहि दरिलो संचार गृहको रुपमा जिल्लामा स्थापीत हुदै गएको र सवैको माझ ढुकढुकीमा वस्न सफल बुद्ध आवाजले अहिले वाणगंगा ४ गजेहडामा आफ्नै सविधा सम्पन्न भवनमा मुख्य स्टेशन वनाई रेडियो र टेलिभिजन राष्ट्रब्यापी रुपमा प्रशारण गर्दै आएको छ ।

 रेडियो वुद्धआवाज कपिलवस्तु जिल्लाका १० स्थानीय तहका साथै अर्घाखाँची, पाल्पा, गुल्मी, दाड, प्युठान, रोल्पा, रुकुम, वाँके, रुपन्देहि, स्याँगंजा, नवलपरासी र भारतको उत्तर प्रदेश लगायत १५ जिल्लाहरुका भुभागमा सुनिदै आएको छ । टेलिभिजन बुद्ध आवाज ६४ जिल्लामा प्रशारण हुदै आएकोछ।

        रेडियो वुद्धआवाजले २०६६ आजैको दिन अर्थात जेठ २७ गते देखि परिक्षण प्रसारण गरी अहिले सामुदायिक रेडियोहरुको राष्ट्रीय सञ्जाल सामुदायिक रेडियो प्रशारक संघको सदश्यमा समेत आवद्ध भएको छ । यस रेडियोले सामुदायिक रेडियो प्रशारक संघ संगको सहकार्यमा बिभिन्न कार्यक्रम उत्पादन र प्रशारण गरि रहेको छ । बिबिसी नेपाली सेवाको समाचार र चर्चित कार्यक्रम साझा सवाल, साथी संग मनका कुरा, समेत सामुदायिक रेडियो प्रशारक संघको सामुदायिक सुचना नेटवर्क मार्फत आफ्नो प्रसारण यात्रामा समेटी स्थानीय नागकिलाई सुसुचीत गर्दै आएको छ । यसैविच वि.वि.सि नेपाली सेवाले गरेको ३ सय वढि रेडियोको सर्वेक्षण उत्कृष्ट रेडियोमा रेडियो वुद्धआवाज पनि सफल रेडियो सूचीमा परेको छ । सामुदायिक रेडियो प्रसारक संघको सामुदायिक सुचना नेटवर्कमा देशभरिका सामुदायिक रेडियोहरुको सहकार्यमा तयार पारिएको साझा खबर समेत साझ साढे सातबजे दैनिकरुपमा समाबेश गरिएको छ । यस्तै लोकप्रिय कार्यक्रम उत्पादन गर्ने एण्टेना फाउण्डेशन विविसी मिडिया एक्सन, उज्यालो नाईटि नेटवर्क, ईक्वयल एक्सेस, एन्टेना फउण्डेशन वल्र्ड भ्यु, थाहा संचार नेटवर्क, जनता नेटवर्क, नेपालवाणी नेटवर्क, विज्ञापन एजेन्सी लगाएत संग सहकार्य गरि कार्यक्रम उत्पादन तथा प्रशारण गरि संचालन गरेको छ । रेडियो वुद्धआवाजले सुचना मुलक कार्यक्रमलाई प्राथमिकता दिदै पर्यावरण, शिक्षा, कृषी, आर्थिक, खेलकुद, स्थानीय संस्कृती, भाषा भाषी, खेलकुद र पर्यटनका कुरालाई आफ्ना कार्यक्रम र समाचारमा प्राथमिकता दिएका छ ।  

    यस्तै कम्यूनिकेशन कर्नरको उज्यालो नाईन्टी नेटवर्क काठमाण्डौको सहकार्यमा बिहान ६ बजे कायाकैरन, साझ ९ बजे नेपाल दर्पण, १२ वजे, दिउसो ३ साझ ६ र ८ वजे नेपाल दर्पण जस्ता लोकप्रिय समाचार मुलक प्रस्तुतिहरु समेटिरहेको छ । त्यस्तै रेडियो वुद्ध आवाजले आदिबासी थारुहरुले मातृभाषाको रुपमा वोल्दै थारु भाषाको समाचार हरेकदिन साझ ४ बजे प्रसारण गर्दै आई रहेको छ भने आदिवासि थारु भाषाको कला संस्कृती जगेर्नागर्न कार्यक्रमहरु पनि समाबेश गरिरहेको छ ।

        त्यस्तै अवधि भाषाको समाचारलाई पनि हेरक दिन विहान ८ वजे समावेश गरि प्रशारण गरिएको छ । जिल्लामा पुर्ण र ताजा समाचारका लागि एउटै बिकल्प बन्दै गरेको रेडियो वुद्धआवाजले हरेक दिन साझ ७ वजे र विहान ६ ३५ मा स्थानीय खवर र विहान १० वजे, ११ वजे, दिउसो १ र ४ वजे राष्ट्रिय खवरका साथ विभिन्न खवरहरु समेत प्रशारण गर्दै आएको छ । 

प्रकाशित : २७ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६