लुम्बिनी

शितगंगा नगरपालिकामा औद्योगिक ग्राम बन्ने डिपिआर सुरु



शितगंगा २७ जेष्ठ ।  शितगंगा नगरपालिकामा औद्योगिक ग्राम निमार्णका लागि डिपिआर सुरु गरिएको छ । प्रदेश सरकारको निति तथा कार्यक्रममै एक बिकास क्षेत्र एक  औद्योगिक ग्राम निमार्ण गर्ने प्रदेश सरकारको योजना अनुसार अर्घाखाँचीको प्रदेश सभा २ मा शितगंगा नगरपालिकाको वडा नम्बर १३ मा डिपिआर सुरु गरिएको हो । हरेक स्थानिय तहमा साना खालका कुटिर उद्योग तथा स्थानिय उत्पादन तथा प्रसोधन हुने गरि औधेगिक ग्रामको स्थापन हुन लागेको शितगंगा नगरपालिकाका प्रमुख सुर्य अधिकारीले जानकारी दिनु भयो । स्थानियहरुको चासो र स्थानिय बिचिन्न उत्पादन फर्निचर,बाँसका बिभिन्न सामाग्री घरेलु उत्पालनका सामाग्री उत्पादन तथा बिक्रीको लागि समेत यसले ठुलो भुमिका खेल्न सक्ने अधिकारीले बताउनु भयो । 

                           करिव ५० देखि १०० रोपनी क्षेत्रफको खुल्ला क्षेत्रमा डिपिआर सुरु गरिएको शितगंगा नगरपालिकाका नगर उपप्रमुख टिका रेस्मिले जानकारी दिनु भयो । प्रदेस सभा सदस्य रामजी घिमिरेकोको बिषेस पहलमा सञ्चालन हुन लागेको औद्योगिक ग्रामको डिपिआरको लागि १५ लाख बजेट बिनियोजन गरेकोमा अहिले काम सुरु भएको रेस्मिले जानकारी दिनु भयो ।प्रदेशको योजना अनुसार यो योजनाका लागि बिभिन्न स्थानहरु हेरिए पनि बिभिन्न जनप्रतिनिधीको अनुगमन पछि  उपयुत्त स्थानको छनोट गरि सिमलपानीको थाप्ले डाँडामा डिपिआर सुरु भएको हो । प्रदेश सरकारको सहयोगमा बन्न लागेको औद्योगिक ग्राममा स्थानिय उत्पादन हस्तकला घरेलु उद्योग लगायतका यहाँ बन्ने औद्योगिक क्षेत्रमा रहने छन । डिपिआर असार मसान्त सम्ममा तयार पारी प्रदेश मन्त्रालयमा बुझाए पछि काम अघि बढ्ने छ । वडा नम्बर १३ को खुल्ला तथा सम्भावना बोकेको क्षेत्रमा डिपिआर सुरु भएको र सम्पुर्ण वडा बासीको समेत साथ र समर्थन रहेको वडा अध्यक्ष दुर्गा बिसिले जानकारी दिनु भयो । यसअघि बिभिन्न स्थानको सम्भाब्यता अध्यन गरिएको र यो ठाँउको सम्भाब्यत रहेकोले डिपिआर सुरु गरेको हो । 

प्रकाशित : २७ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६