लुम्बिनी

रुपन्देही सामुहिक हत्याको छानविन र मृतकका परिवारलाई क्षतिपूर्ति दिन नेताहरुको माग



रुपन्देही  २७ जेठ ।  रुपन्देही सामुहिक हत्याको निष्पक्ष छानविन र मृतकका परिवारलाई क्षतिपूर्ति दिन नेताहरुको माग गरेका छन् । हिजो राती सामुहिक रुपमा ५ जनाको हत्या भएको भन्दै रुपन्देहीका नेताहरुले निष्पक्ष छाविन र मृतकका परिवारलाई क्षतिपूर्ति राहत दिन माग गरेका हुन् ।

        नेकपाका महासचिव तथा रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले रुपन्देहीको तिलोत्तमामा गएराती भएको सामुहित हत्याको सत्यतथ्य छानविन गर्न माग गर्नुभएको छ । घटना बारे सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्न माग गर्दै महासचिव सचिव पौडेलले दोषीमाथि कडा कारवाही गर्न सरकारसंग माग गर्नुभयो । 

        मंगलबार एक विज्ञप्ति जारी गर्दै महासचिव पौडेलले सामुहिक हत्याको यथाशीघ्र छानबिन र अनुसन्धान गरि सत्य तथ्य पत्ता लगाउन र दोषी उपर कडा भन्दा कडा कारबाही गर्न नेपाल सरकारका सम्बद्ध निकायको गम्भिर ध्यानाकर्षण गराउछु भन्नुभएको छ । उहाँले मृतकका परिवारलाई उचित राहत एवं क्षतिपूर्तिको व्यवस्था गर्न समेत सरकारसंग माग गर्नुभएको छ । पौडेलले समाजमा डरलाग्दो ढंगले देखापरिरहेका यस किसिमका आपराधिक मनोवृती फैलिन नदिन तथा नागरिकलाई सुरक्षाको प्रत्याभूति गर्ने ध्यानाकर्षण गराउँदै विज्ञप्तीमा यस्ता घटना हुन नदिनेतर्फ सचेतना अपनाउन समेत आग्रह गरिएको छ । 

        यसैबीच नेपाल कम्युनिष्ट पार्टी नेकपा तिलोत्तमा नगर कमिटीले तिलोत्तमा नगरपालिका वडा नम्बर १० मंैनहियामा पाँचजना व्यक्तिको ज्यान जानेगरी घएको घटनाले आफ्नो पार्टीलाई स्तब्ध र मर्माहत बनाएको जनाएको छ । एक विज्ञप्ती जारी गर्दै नेकपाले घटनाको निन्दा गर्दै दोषीउपर कडा कारवाही र पीडित परिवारलाई राहतको माग गरिएको छ । 

        नगर अध्यक्ष मोहन चापागाईं र सचिव लक्ष्मण खनालद्वारा जारी विज्ञप्तीमा घटनाको यथार्थ छानविन गर्न र यस्ता घटना दोहोरिन नदिन शान्ति सुरक्षाको राम्रो प्रवन्ध गर्न माग गरिएको छ । साथै विज्ञप्तीमा मृतकप्रति श्रदान्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरिएको छ । घटनामा गंगादेवी पशुफार्ममा कार्यरत माधव मुसहर, जानकी मुसहर, पोषराज मुसहर, करन चौधरी र आशिष चौधरीको घटनामा ज्यान गएको थियो ।

        स्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  का नेता छविलाल विश्वकर्मा र नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले रुपन्देहीमा सोमबार राति भएको ५ जनाको हत्याको घटनाको छानबिन गर्न माग गर्नुभएको छ ।मंगलबार प्रतिनिधि सभाको वैठकमा बोल्दै नेता विश्वकर्माले हत्याको निष्पक्ष छानबिन गर्न र अपराधीलाई हदैसम्मको दण्डित गर्ने व्यवस्था गर्न माग गर्नुभयो ।    सांसद विश्वकर्मा रुपन्देही १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।

        सोमबार राति रुपन्देहीको तिलोत्तमास्थित गंगादेवी पशु फार्ममा ५ जना श्रमिकको हत्या भएको थियो । स्थानीय श्रमिकको हत्याको घटनाले आफू मर्माहत भएको सांसद विश्वकर्माले बताउनु भएको छ । उहाँले मृतकका परिवारलाई क्षतिपूर्ति दिन पनि माग गर्नुभएको छ । 

         नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं. १० कान्छिबजार स्थित मैनहवामा सोमबार राती स्थानीय कृष्णबहादुर पुनको गंगादेवी पशु फार्ममा कार्यरत पाँच जना कामदारको विभत्स हत्या भएको घटनाप्रति दुःख ब्यक्त गर्नुभएको छ । खाँणले विज्ञप्ति जारी गरेर कोरोनाको महामारीबाट देशबासी आक्रान्त भईरहेको अवस्थामा यस प्रकारका अपराधिक घटनाले आम नागरिकमा थप आतंक सृजना भएको उल्लेख गर्नुभएको छ ।

        देशमा एक पछि अर्को सामूहिक हत्याहरु श्रृंखलाबद्ध रुपमा भईरहंदा आम नागरिकहरुले असुरक्षित महशुस गरिरहेका छन् भन्दै सांसद खाँणले वर्तमान सरकारले आम नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकेको उल्लेख गर्नुभएको छ । सांसद खाँणले विज्ञप्तिमार्फत आम नागरिकको सुरक्षाका साथै रुपन्देहीको कान्छिबजारमा भएको हिंसात्मक घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कडा भन्दा कडा कारवाहीका लागि सम्वन्धित निकायसंग माग गर्नुभएको छ ।सांसद खाँणले घटनामा ज्यान गुमाउने सबै ब्यक्तिहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवार तथा आफन्तजन प्रति समवेदना प्रकट गर्नुभएको छ ।

प्रकाशित : २७ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६