अर्थ-वाणिज्य

नगरपालिकाको खर्च प्रेसपाटीले सार्वजनिक गरेपछि क्वारेण्टाइनमा बसेकाद्वारा नगरपालिका घेराऊ



कृष्णनगर २८ जेठ । कपिलवस्तुका १० बटै पालिकामा जेठ २५ सम्म क्वारेण्टाइन ब्यवस्थापनमा भएका खर्चको विवरण प्रेसपाटी अनलाइनमा प्रकासन भएपछि कपिलवस्तुको कृष्णनगर नगरमा क्वारेण्टाइनमा बसेर अवधी पुराभएपछि घरमा गएका ५ सय बढी नागरिकले मंगलवार नगरपालिका घेराउ गरेका छन् । आफूहरुलाई वडास्तरको क्वारेण्टाइनमा खानाको ब्यवस्था नभएको ,भएका ठाउमा पनि केहिदिन मात्र भएको र त्यसपछि घरवाटै मगाएर खाएको  उनीहरुको दावि थियो ।    तर नगरपालिकावाट डेढ करोड खर्च भएको भन्ने समाचार आएकाले आफूहरुका नाममा भएको खर्च रकमको भुक्तानी माग गर्दै घेराउमा उत्रिएका हुन् ।

दश पालिकाले कोरोना विरुद्ध जेठ २५ सम्म गरेको खर्च:

उक्त कामको नेतृत्व स्वम नेकपा कृष्णनगरका अध्यक्ष  जावेद खाँले नै गर्नु भएको थियो । खाँले भन्नु भयो प्रेसपाटीले दशवटै पालिकाको खर्च विवरण सार्वजनिक गरेको रहेछ । त्यसमा सबै भन्दा बढी खर्च कृष्णनगरमा देखियो तर क्वारेण्टाइनमा बसेका धेरै जसोले स्थानीय ब्यवस्थापनमा खान नपाएपछि घरकै खाना  खाएको दावि गर्नु भयो ।

    त्यसो भए जाऔं नगरमै  गएर कुरा गरौ भनेर आउदा ५/६ सय नागरिक सोही समस्या लिएर आउनु भयो नेता जावेदले भन्नु भयो । समयमा मेयर रजत प्रताप शाह आउन सक्नु भएन त्यसैले केहिबेर तनाव देखियो । पछि मेयर आएर छलफल गर्दा सबै वडामा क्वारेण्टाइनम बस्नेका लागि खर्च निकाशा भएको छ  खाना खान नपाएका हरुलाई पुन सो वापतको रकम उपलब्ध हुन्छ भनेर मेयर शाहले आश्वासन दिएको खाँको भनाइछ ।

    यो संगै कृष्णनगर नगरपालिका भित्रको क्वारेन्टाइनमा बसेका नागरिकहरुले खाना, खाजा, नास्ता वापत भएको खर्च रकम भुक्तानी पाउने भएका छन् । नगर भित्र रहेका क्वारेन्टाइनमा केही क्वारेन्टाइनका व्यक्तिहरुले नपाएका सेवा सुविधा पाउने भएका ह्न्  । पटक–पटक कुरा राख्दा पनि सुनवाई नभएपछि खाना व्यवस्थापन नभएका क्वारेन्टाइनका व्यक्तिहरु डिस्चार्ज भएपछि नगरपालिकामै पुगी नगर प्रमुख शाह समक्ष आफ्ना माग राखेका थिए ।


     उहाँहरुको मागलाई सम्बोदन गर्दै नगरपालिका प्रमुख रजत प्रताप शाहले क्वारेन्टाइनमा बस्दा कतिपय क्वारेन्टाइनमा प्रयास गर्दा पनि खानाको व्यवस्थापन नहुँदा कमजोरी स्विकार्दै वास्तविक लाग्ने खाना खर्च उपलब्ध गराउने आश्वासन दिनुभयो । यस विषम परिस्थितिमा सबै पक्षलाई व्यवस्थापन गर्दा अहोरात्र खटेर काम गर्दा आफ्ना नागरिकबाट आएका गुनासोलाई आगामी दिनमा पूर्ण व्यवस्थापनमा कुनै कमी नराख्ने शाहले बताउनुभयो । नगरपालिकाले तत्काल खाना, नास्ताको व्यवस्था गर्न नसक्दा आफै घरबाट व्यवस्था मिलाई खाने गरेको टोलीमा सहभागी पिडित हरि नारायण चौधरीले बताउनु भयो । 


प्रकाशित : २८ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६