अर्थ-वाणिज्य

समस्या समाधानका लागि आगामी बजेटमा व्यवस्था गर्न ट्रक यातायात व्यवसायी महासंघको माग



बुटवल २८ जेष्ठ ।  ट्रक व्यवसायीका समस्या समाधानका लागि आगामी बजेटमा व्यवस्था गर्न नेपाल ट्रक यातायात व्यवसायी महासंघ प्रदेश पाँचले  मूख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाएको छ ।  कोभिड १९ ले गर्दा ट्रक व्यवसायीले भोग्नु परेको समस्याका बारेमा अवगत गराउदै मालवहाक सवारी साधनमा गत वर्ष देखि लगाईएको मूल्य अभिवृद्धिकर भ्याटको विककल्प ल्याउन मूख्यमन्त्री समक्ष माग गरिएको हो । नेपाल ट्रक यातायात व्यवसायी महासंघ प्रदेश पाँचका संयोजक यम प्रसाद पाण्डे र पश्चिमाञ्चल यातायात व्यवसायी समितिका महासचिव तथा सल्लाहकार जित बहादुर भाटले संयूक्त रुपमा ज्ञापनपत्र बुझाउँदै संघीय सरकारले आर्थिक वर्ष २०७७ ०७८ को बजेटमा पनि मालवहाक सवारी साधनलाई मुल्य अभिबद्धिकर भ्याट यथावत राखिएकोले यो सम्भव नभएकोले यसलाई हटाउन माग गरेका छन् ।

                     ज्ञापनपत्रमा कोभिड १९ को माहामारीको अवधीसम्मको यातायात व्यवसायीले लिएको बैक तथा वितिय संस्थाको ऋणको व्याज मिनाहा र किस्ताको पुनरताजकिकरणका लागि बजेटमा व्यवस्था गर्न माग गरिएको छ । त्यस्तै महामारीको समयमा पनि ट्रकका चालक र सहचालकले जोखिम मोली सवारी संचालन गरेकाले उनिहरुको सुरक्षाको प्रवन्ध मिलाउनुका साथै कोेभिड १९ को माहमारीमा अग्रपङ्तीमा खटिने सरहको बीमाको व्यवस्था मिलाउन माग गरिएको छ ।

प्रकाशित : २८ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६