कपिलवस्तु, २८ जेठ । कपिलवस्तुको शिवराज नगरपालिकाकी एक बालिकालाई बलात्कार गरी फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । गत वैशाख ३ गते बालिकालाई बलात्कार गरेको आरोप लागेपछि फरार भएका शिवराज– ८ का २१ वर्षीय सकिलअलि सेफलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
प्रहरी निरीक्षक दीपेश खरेलले लेसेफलाई गोप्य सूचनाका आधारमा विजयनगर गाउँपालिका वडा नं ३ पत्थरदेहियाबाट पक्राउ गरिएको जाकारी दिनुभयो । अभियुक्त सेफलाई सहयोग गरेको आरोप लागेकी एक महिलालाई भने जिल्ला अदालतले रु ५० हजार धरौटीमा रिहा गरीसकेको छ ।
प्रतिक्रिया