लुम्बिनी

कोरोनाबाट मृत्यु भए २० लाख दिने गाउँपालिको निर्णय



बर्दिया, ३० जेठ । बर्दियाको एक गाउँपालिकाले कोरोनाका कारण मृत्यु भए २० लाख दिने निर्णय गरेको छ । बर्दियाको बढैयाताल गाउँपालिकाले कोरोना रोकथाममा खटिने कर्मचारी स्वास्थ्यकर्मी र जनप्रतिनिधिको कोरोनाका कारण मृत्यु भएमा २० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।  विपद्को समयमा अग्रपक्तिमा रातदिन खटिने व्यक्तिहरुको मनोवल उच्च बनाउन राहतको घोषणा गरिएको गाउँपालिकाले जनाएको छ । 

         गाउँपालिकाले आफनो पालिकामा कोरोना भाइरस संक्रमणको नियन्त्रण तथा रोकथामका लागि निरन्तर अग्रपंक्तिमा रहि खटिएका पालिकाका जनप्रतिनिधी, पालिकाले खटाएका कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शिक्षक तथा पालिकाबाट खटाइएका अन्य व्यक्तिहरुको कोरोना भाइरस संक्रमणका कारण निधन  भएमा राहत स्वरुप २० लाख रुपैँया प्रदान गरिने बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताउनुभयो । 

        विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि पालिकामा खटिने जनप्रतिनिधी र कर्मचारीको कोरोना भाइरसका कारण ज्यान गए २० लाख रुपैँया राहत उपलब्ध गराउने निर्णय गरेको हो।  यसैगरि आफ्नो पालिकाका स्थानिय बासीन्दाको कोरोना भाइरसको कारण ज्यान गएमा निजको परिवारलाई राहतस्वरुप ५ लाख रुपैँया उपलब्ध गराइने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।   कोरोना संक्रमण भएका व्यक्तिहरुको सम्पूर्ण उपचार खर्च पनि पालिकाले ब्यर्होने बताइएको छ। 

प्रकाशित : ३० जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६