लुम्बिनी

घाइते बलात्कृत बालिकाको उपचार ५ नं. प्रदेश सरकारले गर्ने



बुटवल, ३० जेठ । गत बैशाख २६ गते ९ वर्षीया बालिकालाई बलात्कार गरी  यौनाङ्गमा कोदालोको बिँड हालेर घाइते बनाइएकी बालिकाको उपचारमा समस्या भएपछि प्रदेश ५ सरकारले उपचारको जिम्मा लिएको छ । पैसाको अभावका कारण उपचारमा समस्या भएपछि रुपन्देहीको तिलोत्तमा १० शान्तिनगरकी पीडित ९ वर्षीया बालबालिकाको उपचार प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले गर्ने भएको हो ।

        मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले बालिकाको उपचार गर्ने गरी मन्त्रालयले तयारी शुरु गरेको जानकारी दिनुभयो । बालिकाको अर्को शल्यक्रिया १५ असारमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गर्ने तयारी भइरहेको छ । महाशाखा प्रमुख चौधरीले प्रदेश ५ मा सञ्चालित सुरक्षित आवास कार्यक्रम अन्तर्गतको रुपन्देहीका लागि पार्टनर गैरसकारी संस्था कदम नेपालले बालिकालाई संरक्षण दिएको बताउनु भयो । यसैगरी आर्थिक वर्ष २०७६/०७७ अन्तर्गत प्रदेश नम्बर ५ का १२ जिल्लामा सुरक्षित आवास कार्यक्रम सञ्चालनका लागि मन्त्रालयले ६० लाख रुपैयाँ विनियोजन गरेको छ ।

        जोखिममा रहेका महिला तथा बालिकाहरूको उद्धार र सुरक्षित तवरले उनीहरूलाई राख्नका लागि सुरक्षित आवास कार्यक्रमको उद्देश्य रहेको डा. चौधरीले बताउनु भयो । 

बालिकालाई २६ वैशाखमा सोही ठाउँका १४ वर्षीय बालकले आफ्नो घरमा लगेर जबरजस्ती करणी गरी यौनाङ्गमा कोदालोको बिंड हालेपछि बालिकाको अवस्था चिन्ताजनक भएको थियो ।

प्रकाशित : ३० जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६