लुम्बिनी

कोरोना भाइरस नियन्त्रणका लागि ५ नं. प्रदेशको यस्तो छ नयाँ मापदण्ड



बुटवल, जेठ ३० । कोरोना संक्रमण देखिएकाहरुलाई उपचार गर्ने आईसोलेसन अस्पताल र एकान्तबास (क्वारेन्टिन) को सुविधाका विषयमा असन्तुष्टी बढिरहेको बेला प्रदेश ५ सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि नयाँ मापदण्ड तयार पारेको छ । प्रदेश ५ मन्त्रिपरिषदको शुक्रवार भएको वैठकले जिल्ला, स्थानीय तथा होम आईसोलेशन गरी तीन तहका आईसोलेशनका लागि फरक–फरक मापदण्ड तयार गर्ने निर्णय गरेको छ । 

        प्रदेश ५ भौतिक पूर्वाधार विकास मन्त्री तथा सरकारका प्रवक्ता बैजनाथ चौधरीले विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले तोकेको मापदण्ड अनुसार हुने गरी जिल्ला तथा स्थानीयस्तरीय आइसोलेसन सेन्टरको मापदण्ड निर्धारण गरिएको जानकारी दिनुभयो । मन्त्रिपरिषद बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले पिसिआर परिक्षणमा कोभिड–१९ पोजेटिभ देखिएका तर त्यस सम्बन्धि लक्षण देखानपरेका संक्रमितहरुलाई सो आईसोलेशनमा राखिने जानकारी दिनुभयो । 

        मन्त्री चौधरीले संक्रमितहरु प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम समितिको निगरानी र अनुमतिमा आफ्नै घर तथा होटलमा समेत बस्न पाउने गरी मापदण्ड तयार पारिएको पत्रकारहरुलाई जानकारी दिनुभयो ।  नयाँ मापदण्ड अनुसार  जिल्लास्तरिय तथा स्थानीय आइसोलेशनमा बस्दा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोरे पनि सेल्फ आइसोलेसन अर्थात होटल तथा आफ्नै घरलाई आइसोलेशन बनाएर बस्नेहरुको खर्च स्वयम् व्यक्तिले नै व्यहोर्नु पर्ने उल्लेख गरिएको छ । 

      त्यसैगरी प्रदेश सरकारले कोभिड–१९ रोगको संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्नका लागि कार्यविधि समेत निर्माण गरेको जनाएको छ । हाल संक्रमितको शव व्यवस्थापनको जिम्म नेपाली सेनाले हेर्दै आएकोमा यसलाई थप व्यवस्थित बनाउनका लागि कार्यविधि ल्याइएको सरकारका प्रवक्ता मन्त्री चौधरीले जानकारी दिनुभयो ।

        त्यसैगरी मन्त्रीपरिषद बैठकले पूर्वाधार विकास प्राधिकरणको स्थापना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मस्यौदा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्नुका साथै प्रदेश विश्वविद्यालय स्थापना, सञ्चालन, नियमन र व्यवस्थापन गर्न बनेको विधेयकलाई प्रदेशसभामा पेश गर्नका लागि स्वीकृति प्रदान गरेको छ । यस्तै बुटवल टेक्निकल इन्स्टिच्यूटलले प्राविधिक शिक्षा प्रदान गर्नका लागि योगदान पु¥याउँदै आएको बताउँदै १० लाख रुपैयाँ अनुदान प्रदान गर्ने प्रदेश सरकारले निर्णय गरेको छ । 

प्रकाशित : ३० जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६