अर्थ-वाणिज्य

पहिलो दाबीः कोरोना बीमाको रकम भुक्तानी



काठमाडौं, ३० जेठ ।   बीमा क्षत्रेको नियामक निकाय बीमा समितिका अनुसार कोरोना बीमाको पहिलो दाबी आज भुक्तानी गरिएको छ ।  कोरोना बीमा गराएका कृषि विकास बैंकका एक कर्मचारीमा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि उहाँलाई आज बीमाबापतको रु एक लाख रकम भुक्तानी गरिएको हो । नेको इन्स्योरेन्सले आज कृषि विकास बैंकको खातामा सो दाबी रकम भुक्तानी गरेको जनाएको छ । 

         सरकारले बजेटमा नै व्यवस्था गरेको कोरोना बीमा कार्यक्रमअनुसार कोरोना सङ्क्रमितलाई दाबी भुक्तानी गरिएको छ ।  कोरोनाको कहर शुरु भएपछि सरकारले पहिलोपटक कोरोना बीमा कार्यक्रम ल्याएको थियो । सो कार्यक्रमलाई सरकारले आगामी आर्थिक वर्षको बजेटमा समेत विशेष महत्वका साथ समावेश गरेको छ ।

        नियामक निकाय बीमा समितिले रु एक हजारमा रु एक लाख बराबरको बीमा गर्न सकिने प्रबन्ध गरेको छ । बीमा गरेका जो कोहीलाई पनि निश्चित समयभित्र पिसिआर परीक्षणमा पोजेटिभ देखिएको अवस्थामा बीमा दाबी भुक्तानी गर्न सकिने छ । बीमा गरेका विभिन्न कम्पनीमा थप चार वटा दाबी आएको बताइएको छ । 

प्रकाशित : ३० जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६