लुम्बिनी

दलको ब्यानर र झण्डा विना स्वस्फूर्त प्रदर्शनमा



बुटवल, ३० जेठ । कुनै दलको ब्यानर र झण्डा विना नै बुटवलमा राष्ट्रिय झण्डा बोकेर युवाले प्रदर्शनमा सहभागिता जनाएका छन । कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा उपचारमा भएको खर्चको हिसाब किताव सरकारले पारदर्शी गर्नुपर्ने, एमसिसी खारेज गर्नुपर्ने र आईसोलेसन तथा क्वारेन्टिनमा देखिएको लापरवाही सुधार गर्नुपर्ने लगायतका माग राखेर शुक्रवार प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा प्रदर्शन भएको हो । 

        कोरोना परीक्षणको आरडिटस्ी विधि विश्वसनीय नभएकोे भन्दै उनीहरूले शतप्रतिशत पिसिआर विधिबाट कोरोनाको परीक्षण गर्न, जातीय विभेद अन्त्य गर्न, गुणस्तरीय क्वारेन्टाइनको ब्यवस्था गर्न समेत माग राखेका छन । 

        विहान १० बजे बुटवलस्थित पुष्पलाल पार्कमा भेला भएका युवाहरुले कोरोना भाइरस (कोभिड–१९) को रोकथाममा सरकार संवेदनशील नभएको, क्वारेन्टाइन,आइसोलेशन मापदण्ड विपरित भएको र शंकास्पद बिरामीलाई पिसिआर टेस्ट गर्नुपर्ने, कोरोना नियन्त्रणमा करिब १० अर्ब खर्च भनिएकोमा हिसाब सार्वजनिक गर्नुपर्ने लगायतका माग राखेका थिए । 

        युवाहरुले सामाजिक सञ्जाल फेसबुकमा फिजिकल डिस्टान्स्ड, पिसफुल प्रोटेस्ट बुटवल नामको ग्रुप बनाएर सडकमा उत्रेका थिए । सामाजिक सञ्जाल फेसबुकमा युवाहरुको एक जमातले ‘पिस प्रोटेस्ट अगेन्स्ट गभर्नमेन्ट स्टेट फाइभ अर्थात् प्रदेश ५ सरकार विरुद्ध शान्तिपूर्ण आन्दोलन’ नामको समूह बनाई स्वतःस्फूर्त रुपमा सहभागी हुन आह्वान गरेका थिए ।

प्रकाशित : ३० जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६