अर्थ-वाणिज्य

कोरोना कहरकै बीच बजेटको चटारो : असार १५ भित्रै नीति कार्यक्रम ल्याउने गरी तयारी तीब्र



कपिलवस्तु ३२ जेठ  कपिलवस्तुका स्थानीय तहका जनप्रतिनिधिले नयाँ नीति तथा कार्यक्रम निर्माणका लागि योजना सङ्कलन गर्न शुरु गरेका छन् ।खासगरी राजमार्गसंग जोडिएका पालिकहरुमा जेठको १५ देखि नै योजना संकलनका कामहरु अघि वढेका छन् । बाणगंगा, बुद्धभूमी ,शिवराज नगरपालिका र बिजय नगर गाउपालिकाले असार १५ भित्रै नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेका छन् । वाणगंगा नगरका उप प्रमुख चक्रपाणी अर्यालले १० असारमा नीति तथा कार्यक्रम ल्याउने गरी लागेको प्रेसपाटीलाई वताउनु भयो ।

        कोरोना  पछिको अवस्थालाई विश्लेषण गरि नगरले विशेष योजनाका साथ नीति तथा कार्यक्रम ल्याउने उहाँले वताउनु भयो । बन्दाबन्दी समयमा योजना छनोटमा केही समस्या आए पनि सामाजिक दूरी कायम गरेर अहिले जिल्लाका स्थानीयतहले योजना निर्माणमा लागेका छन् । वाणगङ्गा नगरपालिकाले ११ वटै वडालाई असार २ गतेसम्म आफ्ना वडाका योजना छनोट गरी नगरपालिकासमक्ष पेश गर्न आग्रह गरेको छ । असार ५ गते नीति तथा कार्यक्रम प्रस्तुत र असार १० गते बजेट प्रस्तुत गर्ने निर्णय भएको वडा नं २ का वडाध्यक्ष विष्णु पौडेलले बताउनुभयो । नगरका ११ वडालाई प्रतिवडा रु ५० लाख बजेटको व्यवस्था गरिएको छ ।यता अन्य पालिकामा पनि  वडा सदस्यदेखि नगरप्रमुख जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न टोलटोलमा पुगेका छन् ।

        कपिलवस्तु, शिवराज नगरपालिका–३ का वडा सदस्य श्यामलाल थारूले यस वर्ष बाँकी रहेका कामलाई निरन्तरतासँगै नयाँ योजना बनाउने तयारीमा लागेको बताउनुभयो । जनप्रतिनिधि भइसकेपछि तेस्रो वर्षका लागि योजना बनाइरहँदा जनताका अधिंकाश आवश्यकतालाई पूरा गर्ने प्रयत्न गरिने उहाँको भनाइ छ । वडा नं ३ का वडाध्यक्ष टेकलाल सापकोटाले वडा सदस्यलाई जिम्मेवार बनाउन योजना निर्माण गर्न लगाएको बताउनुभयो । मैले पनि टोलटोलमा पुगेर यस वर्ष भएका कामको अनुगमन र नयाँ योजनाबारे स्थानीयवासीसँग छलफल गरेको सापकोटाले वताउनु भयो । 

            यस्तै शिवराजका ११ वटै वडामा असार १ गतेसम्म योजना छनोट गर्ने काम पूरा गरिने तयारी छ । नगरप्रमुख नेत्रराज अधिकारीले अब कसैले पनि कामलाई ठूलोसानो नभनी मेहनत गर्ने समय भएको बताउनुभयो । अधिकारीले विगतका वर्षमा सडकलाई प्राथमिकता दियौँ, यस वर्ष रोजगारीका लागि प्राथमिकता दिइने वताउनु भयो । कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले कृषि पेशालाई अब जीविकोपार्जन मात्र नगराई आम्दानीसँग जोडनुपर्ने बताउनुभयो । नगरका कृषकलाई सहज हुने तरिकाबाट आगामी योजना बन्ने निश्चित रहेको बताउँदै उहाँले अहिले वडाध्यक्षहरू टोलटोलमा पुगेर योजना छनोट गरिरहेको जानकारी दिनुभयो । 

            विजयनगर गाउँपालिकाका जनप्रतिनिधि पनि अहिले योजना छनोटमा व्यस्त छन् । वडा नं ४ का वडाध्यक्ष तिलक कँडेलले गाउँस्तरबाट योजना निर्माण गरी कार्यान्वयन गरिने बताउनुभयो । युवालक्षित कार्यक्रममा विशेष जोड दिनु पर्ने गरि काम गरेको वताउनु भयो । गाउँपालिकाका अध्यक्ष गोपाल थापाले महामारीका समयमा युवा बेरोजगार भएकाले सीपमूलक कामको व्यवस्था गर्न गाउँपालिका तयार रहेको बताउनुभयो । महाराजगञ्ज नगरपालिकाले पनि नीति कार्यक्रम तय गर्न गृहकार्य शुरु गरेको छ । नगर प्रमुख अब्दुल कलाम खाँले कतिपय योजना वडामार्फत सञ्चालन हुने र कतिपय नगरमार्फत हुने बताउनुभयो । यस वर्ष कोरोनाका कारण भनेअनुसार काम हुन नसकेको बताउँदै खाँले आगामी योजनालाई प्रभावकारीरूपमा सञ्चालन गरिने जानकारी दिनुभयो । 

प्रकाशित : ३२ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६