स्वास्थ्य

क्वारेन्टिन व्यवस्थापन गर्न सामग्री प्रदान



नवलपरासी ३२ जेष्ठ । जिल्लाको पहाडी बौँदीकाली र बुलिङटार गाउँपालिकालाई क्वारेन्टिन व्यवस्थापनका रु दुई लाख सात हजारबराबरको सामग्री प्रदान गरेका छन् ।नवलपरासी समाज जापानले रु एक लाख तथा नवलपुर समाज जापानले रु एक लाख सात हजारबराबरको सामग्री उपलब्ध गराएको हो । दुवै संस्थाले पठाएको रकमबाट गण्डकी प्रदेशसभा सदस्य विष्णुप्रसाद लामिछानेले स्वास्थ्य सामग्री खरिद गरी शनिबार ती दुई गाउँपालिकाका जनप्रतिनिधिलाई हस्तान्तरण गर्नुभएको थियो ।

         ती संस्थाले पठाएको रकमबाट ४०० थान झुल, ४०० थान बेड कभर, १६० थान ब्लाङ्केट, चार रोल पिफर्म म्याट खरिद गरिएको थियो । त्यस्तै, काठमाडौँको करुणा फाउण्डेशन र क्रियशन पोसिबिलिटी नामक संस्थाले उपलब्ध गराएको २४ थान व्यक्तिगत सुरक्षा सामग्री पिपिई, १६ वटा थर्मल गन, ४०० थान एन–९५ मास्क, १० लिटर ह्याण्ड सेनिटाइजरसमेत प्रलेशसभा सदस्य लामिछानेले बुलिङटार गाउँपालिकाका अध्यक्ष शशीकिरण बास्ताकोटी र बौँदीकाली गाउँपालिका उपाध्यक्ष मायादेवी श्रेष्ठलाई प्रदान गर्नुभएको थियो । बुलिङटार गाउँपालिका अध्यक्ष शशीकिरण बास्ताकोटीले स्रोत साधनको अभाव, यातायातको असुविधा, स्वास्थ्य परीक्षणका लागि नजिक अस्पताल नहुनु, स्वाब परीक्षण नतिजा ढिला आउनु तथा आवश्यक स्वास्थ्य सामग्री खरिदका लागि नजिक बजारको अभावलगायत विभिन्न समस्या झेल्नुपरेको गुनासो गर्नुभयो । 

प्रकाशित : ३२ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६