अर्थ-वाणिज्य

हाई स्पीडमा प्रदेश ५ सरकार ,तत्काल ४ वटा नयाँ पिसिआर मेसिन : मुख्यमन्त्री



बुटवल, ३२ जेठ । पिसिआर परिक्षणको गति सुस्त भएको भन्दै प्रदेश ५ सरकारले हाई स्पीडमा एकैसाथ चारवटा नयाँ पिसिआर मेसिन थप पर्ने भएकोछ । मुख्यमन्त्री शंकर पोखरेलले पिसिआर परिक्षणको दायरा बढाउन लागिएको बताउनु भएको छ । मुख्यमन्त्री पोखरेलका अनुसार रुपन्देहीमा अब दुई ठाउँबाट पिसिआर परीक्षण हुने छ । भैरहवामा स्थापना भएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालापछि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा पनि पिसिआर मेसिनबाट पिसिआर परीक्षण हुने भएको हो ।

        करिब २ करोड २५ लाखको लागतमा ल्याइएको पिसिआर टेष्ट उपकरणबाट अर्को हप्तादेखि आधिकारिक मान्यतासहित परिक्षण सुरु गरिने मुख्यमन्त्री पोखरेलले आईतवार सामाजिक सञ्जालमार्फत वताउनु भएको हो । उहाँका अनुसार भौतिक र प्राविधिक तयारी चलिरहेकाले अब रुपन्देहीको भैरहवा र दाङमा छिटै दोब्बर क्षमताको प्रयोगशाला बन्ने छ । यता सामाजिक विकास मन्त्रालयले पिसिआर टेष्टको संख्यालाई बढाउनका लागि प्रदेशमा ४ वटा नयाँ पिसिआर मेसिन खरिदका लागि प्रक्रिया अगाडी बढाएको छ।

        नयाँ पिसिआर मेसिन आएपछि दैनिक ३ सय स्वाव परीक्षण गर्न सकिने उपकरण सञ्चालनका लागि अस्पतालकै जनशक्ति प्रयोग गरिने तथा आवश्यक परेको अवस्थामा केही विज्ञलाई पनि ल्याइने लुम्विनी प्रादेशिक अस्पताल बुटवलका अध्यक्ष सूर्यवहादुर भट्टराईले जानकारी दिनुभयो ।

        उहाँका अनुसार अस्पतालमा गरिने पिसिआर परीक्षणको आधिकारिक मान्यताका लागि यहाँ संकलन गरिएका केही स्वावको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पनि  गरेर हेरिने छ ।त्यहाँको र यहाँको रिपोर्ट मिल्यो भने पिसिआर टेष्टले आधिकारिक रुपमा मान्यता पाउने र यी सबै प्रक्रियाहरु पूरा गर्न अझै एक साता लाग्ने भएको छ ।

        यसअघि रुपन्देहीको भैरहवामा स्थापना गरिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट स्वाव संकलन गरी पिसिआर परीक्षण हुँदै आएको छ । प्रयोगशालामा दैनिक ३ सय स्वाव परीक्षण गर्ने क्षमता भए पनि दैनिक १ सय ७५ देखि २ सयसम्म परिक्षण हुँदै आएको छ ।यसैवीच प्रदेश ५ मा कोरोना संक्रमण बढ्दै गएपनि स्वास्थ्य जाँचको अनुपात बढाउन नसक्दा पीसीआर जाँचका लागि लिइएका स्वाब प्रयोगशालामा थुप्रिएका छन् ।शनिबार  प्रदेशमा ७ हजार ७ सय ७७ स्वाब परीक्षणको पर्खाइमा छन् । तिनको नतिजा आउन कम्तीमा १० दिन लाग्ने छ । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले प्रयोगशालाको क्षमता बढाउन नसक्दा स्वाब परीक्षणमा ढिलाइ भएको बताउनु भयो ।

        तथ्यांक अनुसार दाङको राप्ती विज्ञान प्रतिष्ठानमा ३ हजार ९ सय ५३ वटा स्वाब थुप्रिएका छन् । प्रदेश प्रयोगशाला रुपन्देहीको भैरहवामा एक हजार २ सय १३ र भेरी अस्पताल बाँकेमा एक हजार ६३ स्वाबले पालो कुरेका छन् ।यस्तै, प्रदेश बाहिर काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एक हजार ३ सय ६५ र पोखरा एवं हेटौंडामा ३ सय ८३ स्वाब परीक्षणको पर्खाइमा छन् । प्रदेशमा अहिलेसम्म २७ हजार ७३ को पीसीआर जाँच भएको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ ।

    भैरहवाबाट सुरुमा प्रदेश ५ का १२ वटै जिल्लाका स्वाव संकलन गरि परीक्षण गरिएपनि हाल पश्चिमको बाँकेमा रहेको भेरी अस्पताल तथा दाङमा रहेको राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पिसिआर टेष्ट हुँदै आएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा पिसिआर मेसिन स्थापनासँगै भैरहवामा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोशाला, दाङको स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा बाँकेको भेरी अस्पतालमा थप नयाँ मेशिन जडानका लागि प्रक्रियामा रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख उमाशंकरप्रसाद चौधरीले जानकारी दिनु  भयो ।

प्रकाशित : ३२ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६