अर्थ-वाणिज्य

जारी नयाँ निर्देशिकाको प्रभाव,कोरोना हट स्पटका आइसोलेशन रित्तिदै, आधा भन्दाबढी संक्रमित डिस्चार्ज



कपिलवस्तु १ असार  संक्रमितहरुमा कोरोनाको कुनै पनि लक्षण नेखिएमा  बिना परिक्षण घर पठाउने निर्देशिका जारी भए पछि कोरोना हटस्पट कपिलस्तुका आइसोलेशन र क्वारेन्टीन रित्तिदै गएका छन । गत जेठ २४ गते सरकारले लक्षण नदेखिएका बिरामीलाई १४ दिन आइसोलनेशनमा राखी बिना परिक्षण घर फर्काउने गरी निदेशिका जारी गरेका थियो । त्यस यता जिल्लाका पालिकाहरुमा रहेका संक्रमितलाई धमाधम त्यही निर्देशिका अनुसार छाडिएको छ । संक्रतिहरुलाई त्यसरी बिना परिक्षण घर जान दिईदा गाउ समाजमा त्रास बढेको छ ।

         जिल्लाका तिन पालिकाहरुले भने पिसिआर परिक्षण नगरी घर फर्कन नदिने घोषणा गरेका छन । गत जेठ २४ गते सम्म पुरानो निर्देशिका अनुसार संक्रमितहरुmलाई दोश्रो र तेश्रो परिक्षण नेगेटिभ आए पछि मात्र घर जान दिने गरिएको थियो ।सो नियम अनुसार जिल्ला र जिल्ला बाहिर रहेको आइसोलेनबाट ५२ जनालाई निको भई घर फर्काइएको थियो । जेठ २५ गते यता नया निदेशिका अनुसार संक्रमितहरुलाई पालिकाहरुले घर जान दिने गरेको स्वास्थय कार्यालय कपिलवस्तुले जनाएको छ ।

        आईतावार सम्म जिल्लाका बिभिन्न आइसोलेशनमा रहेका ३ सय ३३ जनालाई डिस्चार्ज गरिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले प्रेसपाटीलाई बताए । जिल्लामा भेटिएको ६ सय ४६ संक्रमित मध्ये अब केवल २ सय ८७ जना मात्र बाकी छन । जिल्लाका सबै भन्दा बढी कोरोना संक्रमित भेटिएको यशोधरा गाउपालिकाको आइसोलेशन समते अब खाली हुने अवस्थामा छ । त्यहाबाट १ सय ४३ जना डिस्चार्ज भई सकेका छन । अब त्यहा केवल १५ जना संक्रमित छन ।

     यस्तै महराजगंज नगरपालिकामा ५० जना डिस्चार्ज भई हाल ७० जना मात्र छन । यस्तै बिजयनगरमा १७, कपिलवस्तु नगरपालिकामा १८, कृष्णगनरमा २६, मायादेबीमा २२, शिवराजा २९, डिस्चार्ज भएका छन । महाराजगंज नगरपालिका मेयर अब्दुल कलाम खाले नयाँ निर्देशिका जारी गरी सरकारले नै हात उठाए पछि आफुहरुले मात्र के नै गने गुनासो गरे । 

‘ सरकारले हामीलाई भिटिएम किट समेत दिन नसके पछि आफै किनेर स्वाब संकलन गर्यौ, तर एक महिना सम्म पनि रिपार्ट नआउदा झनै समस्या झेल्न परेको छ ’ उनले भने ।  बिना परिक्षण संक्रमितहरुलाई घर जान दिएर गतल गरिएको भन्दै यो निर्णयले संक्रमण फैलन सक्ने खतरा रहेको बताए ।

     ‘ जिल्लामा सोमवार सम्म ७ हजार ५३ जनाको स्वाब संकलन भएकोमा अब केवल ६ सय ६९ जनाको रिपार्ट आउन बाकी छ । यस्तै ११ हजार ८८५ आरिटीडी गरिएकोमा १ हजार ३९२  जनाको रिपोर्ट पोजेटिभ आएको छ । क्वारेन्टीनमा पनि अब केवल १ हजार ५८ जना मात्र छन ।नया निर्देशिका अनुसार बिरामीलाई छााडिए अबको दुई साता भित्र आइसोलने पुरै खाली हुने देखिएको छ । जिल्लाका पालिकाहरुमा ७ सय ९४ आईसोलेशन बेड रहेको छ । 

प्रकाशित : १ असार २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६