लुम्बिनी

अर्घाखाँचीकी एक गर्भवती महिलालाई कोरोना संक्रमण



अर्घाखाँची, २ असार । अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ पाली बलेघाँटकी १७ वर्षीया गर्भवतीमा कोरोना संक्रमण पुष्टि भएको छ। भारतको हरियाणाबाट परिवारसहित नेपाल आएकी उनीमा संक्रमण पुष्टि भएको हो । करिब तीन महिनाको गर्भवती रहेकी किशोरी पालीमा रहेको अर्बोका आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेकी छन्। 

         पाली स्वास्थ्य चौकीका इन्चार्ज रामप्रसाद घिमिरेका अनुसार उनी जेठ १० मा नेपाल आएकी हुन् ।  भारत बस्दा स्वास्थ्य जाँच गर्दा गर्भवती भएको रिपोर्ट आएको उनको पारिवारिक स्रोतले जनाएको छ ।    क्वारेन्टाइनमा पति–पत्नीलाई अलग्गै कोठामा राखिएको छ। उनका पतिको पिसिआर परीक्षणको लागि  स्वाब  पठाइने पाणिनी गाँउपालिकाकाले जनाएको छ । संक्रमित गर्भवतीलाई सदरमुकाम सन्धिखर्क आइसोलेसनमा लैजाने विषयमा छलफल भइरहको बताइएको छ ।

प्रकाशित : २ असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६