कपिलवस्तु, २ असार । कपिलवस्तुको बाणगंगा–७ वनगाई स्थित मेरिट बचत तथा ऋण सहकारी संस्था लिमिटेड १० औं वर्ष प्रवेश गरेको छ । वि.सं २०६८ असार १ गते स्थापित भई कारोवार शुभारम्भ गरेको यस संस्थाले सोमबार एक संक्षिप्त समारोह आयोजना गरि आफ्नो वार्षिकोत्सव मनाएको छ ।
कार्यक्रमलाई सम्वोधन गर्दै संस्थाका अध्यक्ष विष्णु खनालले संस्थालाई बर्तमान अवस्थासम्म ल्याई पु¥याउन स्थापना कालदेखि हालसम्म योगदान गर्नु हुने सम्पूर्ण सञ्चालक समिति सदस्यहरु, लेखा समिति सदस्यहरु, विभिन्न उपसमितिका सदस्यहरु, सल्लाहकार , शेयर सदस्य, कर्मचारी शुभेच्छुक लगायत सम्पूर्ण सरोकारवालालार्ई विशेष धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
करिव एक दशक अघि २५ जना शेयर सदस्य र ५० लाख शेयर पूजीबाट कारोवार शुरु गरेको यस संस्थाको हाल ३ हजार शेयर सदस्य र ५ करोड शेयर पूजी पुगेको छ भने १८ करोड बचत र २२ करोड ऋण लगानी गरेको संस्थाका संस्थापक अध्यक्ष एवं प्रवन्ध सञ्चालक सरोज खनालले जानकारी दिनु भयो । संस्थाले हाल वनगाई स्थित मूख्य कार्यालय सहित जीतपुर सेवा केन्द्र र कोपवा सेवा केन्द्र मार्फत पनि वित्तिय सेवा प्रदान गर्दै आईरहेको छ ।
प्रतिक्रिया