अर्थ-वाणिज्य

गर्भवती र सुत्केरीको त्यो खुशी ..



कपिलवस्तु २ असार  । १९ दिनकी सुत्केरी सानो छोरी काखमा राखेकी किसमती थारुको मुहार हसिलो थियो । छोरीलाई सुम्सुम्याउदै उज्यालो उनको मुहारले पोषिलो आहारमा हेरेको थियो ।  पोषिलो आहार पाउदा उनको मुहार सूर्य जस्तै चम्किलो देखिन्थ्यो । यो दृश्य थियो वाणगंगा ८ चप्परगाउँकी किसमती । अण्डा , घ्यू मह जस्तो पाषिलो आहार र सेनेटरी प्याड जस्ता सुरक्षाका सामानले उनलाई  खुशी प्रदान गरेको थियो । 

        लकडाउनका कारण श्रीमान काममा जान नपाउँदा उनी सुत्केरी भएर पनि पोषिलो आहार पाउन उनलाई मुश्किल थियो ।  सोमवार एक संस्थाले यस प्रकारको पोषिलो खुराक प्रदान गरेकोमा उनी निकै खुशी थिइन् । यसरी सुत्केरी अवस्थामा पोषिलो आहार पाउदा कस्तो लागेको छ  भन्ने प्रेसपाटीको प्रश्नमा उनले भनिन यस अघि कहिल्यैपनि कसैले यस्तो सुविधा  दिएको थिएन । घरमै आएर यतिका चिज दिदा खुशी छु । उनी जस्तै खुशी देखिन्थन् भल्वाडकी कल्पना सुनार । काखमा सानो बाबु लिएर खुशी मुद्रामा उनी रमाएकि थिइन । हामी गरीब परिवार त्यसैमा पनि देशमा लकडाउनले काम गर्ने बातावरण नहुदा सुत्केरी भए पनि पोषिलो आहार कहाँ पाउनु उनले प्रश्न गरिन । अलि दिन भए पनि मिठो र पोषिलो खान पाउने भइयो , उनले खुशी सुनाइन् । वाणगंगाकै वडा ११ कि गर्भवती महिला जनकला भुषाल पनि पोषिलो आहार पाउदा हदै खुशी देखिएकि थिइन ।


        उनी गर्भवती भएको ५ महिना भएको थियो , यस बेलामा पोषिलो आहार विहार खानु पर्ने तर बिपन्न परिवार त्यसैमा देशमा लकडाउनले काम गर्ने बाताबरण थिएन । जसका कारण उनी गर्भवती भए पनि पोसिलो आहार जुटाउन मुस्किल परेको थियो । सुरक्षाका सामग्री र पोषिलो सामग्री पाउदा खुशी लागेको उनी बताउछिन । यसरी आफ्नै गाउँ ठाउँमा आएर यस प्रकारका सामग्री पाउदा आफुलाई भाग्यमानी ठानेको उनले बताइन ।  

         कोभिड १९ का कारण  प्रदेश सांसद विष्णु पन्थिको पहलमा र पर्पल फाउण्डेसनको सहयोगमा कपिलवस्तुको वाणगंगामा ५० जना सुत्केरी तथा गर्भवती महिलालाई पोषिलो आहार बितरण गरिएको  हो । कोरोना भाइरसका कारण लकडाउनमा काम गर्न नपाएका गरिब तथा विपन्न महिलाहरुलाई उक्त सामान बितरण गरिएको  हो । सामान प्रदान गर्दै  सांसद विष्णु पन्थिले सुत्केरी तथा गर्भवती महिलालाई सानो सहयोगले पनि उनीहरुको मुहारमा खुशी ल्याउने बताए । बिपन्न परिवारलाई त्यसैमा पनि सुत्केरी र गर्भवती महिलालाई सरकारले पनि विशेष सहयोग पुर्याउनु पर्ने धारणा राखे ।  बितरण कार्यक्रममा वडा नं ८ का अध्यक्ष गुणानिधि भुषालले सहयोग गर्ने संस्था प्रति आभार व्यक्त गरे  । बिपन्न समुदायका लागि वडाले पनि निरन्तर सहयोग गर्ने बताए । वाणगंगा वडा नं ९ का अध्यक्ष धु्रब बेल्बासे , ११ का अध्यक्ष सोमनाथ अर्यालले बोल्दै लकडाउनका बेला काम गर्न नपाउने बिपन्न परिवारलाई वडाले पनि निरन्तर सहयोग गर्ने जनाए ।

             पर्पल फाउडेसनका सृजना काफ्लेले कोभिड – १९ का कारण सबै भन्दा बढि मारमा महिला , वालवालिका , गर्भवती पर्ने भएकोले उनीहरुलाई विशेष सहयोग पुराउने जमर्काे गरेको बताइन । संस्थाले कोरेन्टाइनमा रहेका गर्भवती र सुत्केरी महिलाहरुलाई अण्डा,घ्यू मह,चामल , सुरक्षाका सामान लगायतका सामाग्री प्रदान गरिएको उनले जनाइन  । अरु सामान्य व्यक्तिलाई भन्दा फरक चिज आवश्यक पर्ने भएकाले क्वारेन्टाइन महिला तथा बालबालिका मैत्री हुनुपर्ने भन्दै पर्पल फाउण्डेसनले लैंगिक मैत्री क्वारेन्टाइन बनाउन समेत सरकारलाई  आग्रह गरिन ।

        कैलालीको धनगढी गौरीफण्टा नाकाबाट आएका एक हजार भन्दा धेरै महिला तथा बालबालिकाहरुलाई पर्पल फाउण्डेसनले पर्पल झोला वितरण गरेको छ । पर्पल झोलामा बालबालिकाका लागी कपडा र महिलाका लागी सेनेटरी प्याड लगाएतका सामाग्री रहेको उनले बताइन  । पोषिलो सामग्री पाउदा सुत्केरी तथा गर्भवती महिला खुशी भएका थिए । 

प्रकाशित : २ असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६