लुम्बिनी

जनज्योती र कान्ति मावि गाभ्ने निर्णय कांग्रेसलाई अमान्य



बुटवल, २ असार । बुटवल उपमहानगरपालिका वडा नम्बर ३ ज्योतिनगरमा रहेको जनज्योती प्राथमिक विद्यालयलाई कान्ति माविसँग गाभ्न गरिएको निर्णय मान्य नभएको नेपाली कांग्रेस वडा समिति बुटवलले जनाएको छ । प्राविको स्तरोन्नती गर्नुको साटो अर्काे कान्ति माविसँग गाभ्ने गरि गरिएको प्रयास आफुहरुलाई मान्य नभएको कांग्रेस वडा समितिले बताएको हो । समितिले सोमबार एक विज्ञप्ती निकालेर विद्यालयको भौतिक तथा शैक्षिक विकाससँगै स्तरोन्नती गर्नु साटो अन्य विद्यालयसँग गाभ्ने निर्णय गरेमा त्यसबाट आईपर्ने दुर्घटनाको जिम्मेवार सम्वन्धित कार्यालयनै हुने चेतावनी समेत दिइएको छ । 

        कांग्रेस वडा नम्बर ३ का वडाध्यक्ष रामकृष्ण पछाईले जारी गरेको विज्ञप्तीमा म्याद सकिएको विद्यालय ब्यवस्थापन समितिले बैठकको आब्हान गरेर विद्यालय मर्जर गर्ने गरि गरेको निर्णय र सोका लागि गठन गरिएको वार्ता समिति आफुहरुलाई मान्य नभएको उल्लेख गरिएको छ । विद्यालयको पठनपाठनलाई अंग्रेजी माध्यममा लानुपर्ने, भौतिक तथा ब्यवस्थापकीय उन्नती गर्नुका साटो अन्य विद्यालयसँग गाभ्ने भनि गरिएको छलफल र वार्ताको औचित्य नभएको समेत विज्ञप्तीमा उल्लेख छ । 

        समितिले विद्यालयको स्तरोन्नती गर्नुपर्ने, विद्यालय ब्यवस्थापन समिति पुनः गठन गर्नु पर्ने लगायतका माग राखिएको समेत जनाएको छ । विद्यालय गाभ्ने निर्णय रोक्न माग गर्दै कांग्रेस वडा समितिले बुटवल उपमहानगरपालिका र शिक्षा महाशाखामा निवेदन दिएको छ । यसअघि पाँच दर्जन स्थानीय शिक्षाप्रेमीले हस्ताक्षर गरेर विद्यालयको स्तरोन्नतीका लागि बुटवल उपमहानगरपालिका, शिक्षा महाशाखा र कांग्रेस वडा कार्यालयमा हस्ताक्षर संकलन गरि बझाएका छन् । 

प्रकाशित : २ असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६