अर्थ-वाणिज्य

लकडाउनकावीच बुटवल प्रदर्शनी केन्द्रको निर्माण



बुटवल, ३ असार । बुटवलमा निर्माण भैरहेको अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्रको निर्माण कार्य लकडाउनकै वीच पुःन सुचारु गरिएको छ । लकडाउनको नियम र मापदण्डभित्र रहेर समाजिक, भौतिक र ब्यक्तिगत दुरी समेत कायम गरेर प्रदर्शनी स्थलको निर्माणको कामलाई अघि बढाईएको हो । हरेक बर्ष राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका ब्यापार मेला, पर्यटन महोत्सव र औद्योगिक प्रदर्शनीहरु संचालन हुने सो बुटवल मण्डपको निर्माण कार्य लकडाउनका कारण झण्डै एक महिनादेखि स्थगित भएको थियो । 

                 लकडाउनको समयमा सबै सामानहरु उपलब्ध नहुने भएको भएर फुलफेजको काम नगरेको आयोजनाका इन्जिनीयर रेशा बस्यालले बताउनुभयो । स्थानिय स्रोतसाधनबाट जे जति सामान उपलब्ध हुन्छ त्यसै अनुसार प्रयोग गरेर निर्माणको काम गरिएको उहाँले बताउनुभयो । ईन्जिनीयर बस्यालले भन्नुभयो–‘अहिले जोडाईको काम भैरहेको छ, समस्या हुदाँहुदै पनि ब्यवस्थापन गर्दै काम अगाडी बढाएका छौँ ।’

              कुल ८० करोडको लागतमा निर्माण सम्पन्न हुने सो प्रदर्शनी केन्द्र अर्थात बुटवल मण्डपमा ५ सयवटा औद्योगिक एवं ब्यबसायिक प्रतिष्ठानका लागि प्रदर्शनी स्थल रहने छ । करिब १० हजार जनाले एकैपटक अवलोकन गर्न सक्ने प्रदर्शनी केन्द्रमा कृषि, पर्यटन, उद्योग, ब्यापार, संस्कृति लगाएतका बस्तुगत र बिषयगत मेला महोत्सवहरु संचालन गरिने छ ।

               २०७२ सालको महाभुकम्प पछि निर्माण कार्यमा रोकावट आएको बुटवल मन्डपमा २०७६ साल असोजबाट दोश्रो चरणको परियोजना अन्तर्गत प्रदर्शनी स्थलको निर्माणको काम पनि शुरु भएको हो । हालसम्म करिब ३६ प्रतिशत काम सम्पन्न भैसकेको र नजिकै घर भएका ३० देखि ३५ जना मजदुरबाट सामान्य गतिमा काम संचालन गरिएको प्राबिधिकहरु बताउँछन । बढी संख्यामा मजदुर राख्दा बढी घनत्व हुने हुँदा थोरै मात्र कामदार राखेर काम गरिरहेको प्रर्दशनी केन्द्रका प्रोजेक्ट सह–ईन्चार्ज विष्णु बस्यालले बताउनुभयो । दुरी अपनाएर काम गर्नु परेकाले कामदार धेरै राख्न नसकिएको ईन्चार्ज बस्यालको भनाई छ । 

                 उहाँले काममा लगाउँदा थर्मोगनबाट ज्वरो जाँच गरेर काममा लगाएका छौ, उहाँहरुको जिम्मेवारी लिएर काममा लगाएका छौँ ।’ मजदुरहरुलाई काम बाट बञ्चित हुन नदिन तथा समयमा काम सक्न भन्दै कोरोना भाईरस विरुद्ध विशेष सावधानी अपनाएर काम भैरहेको अन्र्तराष्ट्रिय प्रदर्शनी केन्द्रका प्रोजेक्ट सुपरभाईजर तारा सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो–‘मजदुरहरुलाई दुरी कायम गरेर खटाएका छौँ ।’ मजदुरहरुलाई बस्ने, खाने ब्यवस्था यहि प्रदशनी स्थल भित्रै मिलाएर गरिएको उहाँको भनाई छ ।

                       यो प्रदर्शनी केन्द्र निर्माण सम्पन्न भएपछि हरेक बर्ष अस्थायी प्रकृतिका संरचना निर्माणका लागि खर्च भैरहने करोडौं रुपैयाँ बचत हुने र घाम, पानी, हावा, हुरी लगाएतका प्राकृतिक प्रकोपबाट पनि सुरक्षित हुने स्थानिय उद्योगी रेनुका खरेल बताउनुहुन्छ । बिसं २०७१ सालमा निर्माण शुरु भएको सो बुटवल मण्डपमा पहिलो चरणमा अत्याधुनिक एवं सुबिधा सम्पन्न अन्तराष्ट्रिय सम्मेलन केन्द्रको काम शुरु भएको थियो । 

प्रकाशित : ३ असार २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६