लुम्बिनी

दाङमा लकडाउनलाई थप कडाई गरिदै



दाङ ३ असार  । दाङमा कोरोना संक्रमितको संख्या बृद्धि भएसँगै लकडाउनलाई फेरी कडाई गरिने भएको छ । पछिल्लो पटक दाङमा कोरोना पोजेटिभ देखिनेको संख्या ह्वात्तै बृद्धि भएको छ । मंगलबार मात्र दाङमा ५६ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसले गर्दा घोराही उपमहानगरपाकिला वडा नम्बर ४ लाई सिल गर्नु परेको छ ।     लकडाउन खुकुलो भएयता ४ जना स्वास्थ्य कर्मीलाई पनि कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्य कर्मीलाई कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्य चौकीलाई समेत सिल गरिएको छ ।

          जसका फलस्वरुप कोरोना संकट व्यवस्थापन केन्द्र तथा जिल्ला विपद व्यवस्थापन समितिले लकडाउनलाई थप कडाई गर्ने निणर्य गरेको छ । असार ४ गते बिहीबारबाट लागू हुने गरी लकडाउन पुनः कडाई गर्ने निर्णय भएको जिल्ला विपद व्यवस्थापन समिति संयोजक एवम् दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

             बुधबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको वैठकले असार ४ गते बिहीबारदेखि लागू हुने गरी दाङका सबै बजारहरु बेलुकी ५ बजेपछि बिहान ५ बजेसम्म बन्द गर्ने निर्णय गरिएको छ । बेलुकीको समयमा अनावश्यक मानिसको जमघट बढी हुन थालेको, मदिराजन्य बस्तु बिक्रि हुने स्थानमा भीडभाड बढेको भन्दै साँझ पाँच बजेपछि बजार बन्द गर्ने निर्णय भएको हो।यस्तै सवारी साधनलाई व्यवस्थित गर्न निजी सवारी साधनहरुको जोडबिजोड प्रणाली जिल्लाभर लागू गर्ने निर्णय गरेको छ । मोटरसाइकलमा एकजना मात्र सवार हुन पाउने बताइएको छ ।

              यस्तै, जीपकारहरुमा चालकसहित अन्य दुईजना बस्ने गरी जोरबिजोर प्रणाली लागू गरिएको छ । विकास निर्माण र अति आवश्यक क्षेत्रमा चल्ने सवारीमा यो नियम लागू गरिएको छ ।यस्तै, वैठकले जिल्लामा कोरोना संक्रमितहरुको प्रभावकारी उपचार गर्न परीक्षण बिधि बढाउन अबको दुई दिनभित्रै रिएजेन्ट कम्तिमा पनि दश हजार व्यक्तिको परीक्षण गर्ने गरी जिल्लामा ल्याउने, दैनिक एक हजार व्यक्तिको जाँच गरेको नतिजा सार्वजनिक गर्नेगरी तयारी गर्ने, क्वारेन्टाइनहरुलाई थप व्यवस्थित गर्ने, संक्रमितहरुका लागि सम्बन्धित क्वारेन्टाइनमै आइसोलेसन बनाउने, सबैलाई उच्च शतर्कता अपनाउन अनुरोध गर्ने, मृत्यु भएमा शव व्यवस्थापनका लागि सम्बन्धित गाउँपालिकाहरुमै स्थान बनाउने, त्यसका लागि १० जना बढिको शव व्यवस्थापनमा चाहिने सामानहरु जिल्ला विपत व्यवस्थापन समितिमा स्टक राख्ने निर्णय भएको छ ।

          यसैगरी वर्षातको समय भएकाले बाढी, पहिरोको जोखिमबाट बच्न हरेक वडावडामा सचेतना फैलाउने, तयारी कार्यलाई व्यापक बनाउने, यसका लागि प्रचारप्रसार गर्न नेपाल पत्रकार महासंघसँग समन्वय गर्ने, बजारमा व्यवसायीहरुलाई सचेत र सजग बनाउन उद्योग वाणिज्य संघ र चेम्बरसँग समन्वय गर्ने, गाउँपालिकाहरुमा सचेतना कार्यक्रम अन्तगर्त माइकिङ गर्न सम्बन्धित गाउँपालिकासँग समन्वय गर्ने निर्णय पनि गरेको छ ।

     साथै बैैठकले यही रफतारमा संक्रमितहरु बढि रहेमा नयाँ रणनीति बनाउने योजनासमेत बनाएको छ ।जिल्ला विपत व्यवस्थापन समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा बसेको वैठकमा जिल्लाका सुरक्षा प्रमुखहरु, दशवटै गाउँपालिकाका प्रमुख, राजनीतिक दलका प्रमुखहरु, दाङ व्यावसायिक क्षेत्रका प्रतिनिधि, अन्य सरोकारवाला सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित : ३ असार २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६