लुम्बिनी

सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीका लागि आवास निर्माण शुरु



बर्दिया, ४ असार । बर्दियाका स्थानीय तहले सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीका लागि आवास भवन निर्माण शुरु गरेका छन् ।सोअनुसार बारबर्दिया नगरपालिकाले गुलरिया नगरपालिका वडा नं ९ टेपरीमा रु १० लाखमा आवासीय भवनको निर्माण शुरु गरेको छ ।सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीले असुरक्षित रुपमा सुरक्षाको काम गर्दै आएका छन् । उनीहरुको सुरक्षाका लागि भवन निर्माण गर्न लागिएको बारबर्दियाका प्रमुख दुर्गाबहादुर थारुले बताए ।बर्दियाका सबै पालिका मिलेर सीमामा आवासगृह बनाउने निर्णय भए पनि हालसम्म बारबर्दिया र बाँसगढी नगरपालिकाले मात्र बनाउन शुरु गरेका छन् ।

          बर्दियाका सीमामा आवतजावत रोक्नका लागि बनाइएका जाँचचौकी पाल र त्रिपालबाट बनेका छन् । सर्पको बिगबिगी, हावाहुरी र वर्षात्बाट पालको बसाइ निकै असुरक्षित रहेको छ ।सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई सुरक्षित आवासका लागि भवन निर्माणमा स्थानीय तहले सहयोग गरेको सशस्त्र प्रहरी ३१ नम्बर बाहिनीका प्रहरी उपरीक्षक यादव विश्वकर्माले बताए ।

प्रकाशित : ४ असार २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६