अर्थ-वाणिज्य

समृद्धी उन्मुख नगरको चौथो पाईला : १ अर्ब १० करोडको सिमाभित्र नीति र कार्यक्रम



कपिलवस्तु ४ असार । कपिलवस्तुको समृद्धी उन्मुख नगर बाणगंगाले आर्थिक वर्ष २०७७ । ०७८ को नीति तथा कार्यक्रम ल्याउदा १ अर्ब १० करोड बजेटको सिमा भित्र रहेर बजेट तर्जुमा हुने गरी नीति तथा कार्यक्रम  ल्याउन लागेको छ । नीति तथा कार्यक्रम निर्माणकालागि मुख्य सरोकारवालासंग सुझाव संकलनको लागि गरपालिकाले बिहिबार पर्यटकीय क्षेत्र  राजापानीमा आयोजना गरेको कार्यक्रममा यस्तो  जानकारी दिइएको हो । 

        आव २०७७.०७८को वजेट ल्याउदा संघिय सरकारको सिमा ७५ करोड ५८ लाख , प्रदेश सरकारको सिमा ९ करोड ११ लाख ,अन्तरसरकारी अख्तियारी २० करोड ३३ लाख र आन्तरीक आय ४ करोड ४० लाखको वजेट सिमा भित्र रहि काम हुने गरि नीति तथा कार्यक्रम ल्याउन लागिएको प्रमुख प्रशासकिय अधिकृत चुरामणी पन्थीद्धारा प्रस्तुत छलफल प्रतिबेदनमा उल्लेख छ । सोही क्रममा नगरभित्रका विभिन्न माननीयहरु ,राजनैतिकदलका प्रमुखहरु ,उद्योगी ब्यवासायी र संचार क्षेत्रका अगुवा बीच नगरले ल्याउने नीति तथा कार्यक्रको खाका पेश गरेर सुझाव संकलन गर्न आयोजना गरिएको अन्तरकृयामा जमेर छलफल भएको हो  । कार्यक्रमका प्रमुख अतिथी संविधान सभा सदस्य एवम नेकपा केन्द्रिय सदस्य डोर प्रसाद पौडेलले विदेशमा गएका नागरिक स्वदेश फर्कने र स्वदेशभित्रै पनि रोजगारी गुमाउँदै गएकाले आवश्यक स्वास्थ्य सुरक्षाको प्रबन्धसहित स्थानीय तहमा रोजगारी सिर्जना गर्नुपर्ने धारणा राख्नु भयो । सबै कामप्रति उच्च सम्मान दिँदै विकास निर्माणको काममा स्थानीय नागरिकलाई नै दक्ष बनाई परिचालन गर्न उहाँको सुझाव छ । 

        संविधान सभा अर्का सदस्य बलराम अधिकारीले  बाणगंगाले ल्याउने नीति कार्यक्रम तथा बजेट प्रदेश भित्र नै महत्वराख्ने हैसियतको हुने वताउदै नगरका गौरवशाली योजना लागु हुने अपेक्षा राख्नु भयो । उहाँले  औद्योगिक क्षेत्र  , खेती योग्य क्षेत्र र वसोवास क्षेत्र वाणगंगाले तोक्नु पर्ने औल्याउनु भयो । संविधान सभा सदस्य विश्राम प्रसाद थारुले पूर्वाधार विकासमा  गुणस्तरीयता कायम गर्न नगर बिशेष चनाखो हुन आग्रह गर्दै नगरको विकास विरोधी पत्रकारीता शुरु भएकोमा चिन्ता प्रकट गर्नु भयो । पत्रकारले सकारात्मक दृष्टिकोण  नै गुमाएका हुन की भन्ने प्रश्न समेत गर्नु भयो । 

        प्रदेश ५ का सांसद विष्णु पन्थीले नगरसंग हरतरहले प्रदेशले  काममा समन्वय गरेको वताउदै नगरले स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकता दिएर नीति निर्माण गरी बजेट बनाउन सुझाउनु भयो । नगरले राम्रो गर्दै गइरहेको भए पनि फोहर ब्यवस्थापन केन्द्र, बसपार्क, कृषिजन्य र औद्योगिक वस्तु संकलन केन्द्र आदि स्थापना गर्न  अवको वजेट सफल हुनै पर्ने स्पष्ट पार्नु भयो ।  यस्तै नेकपा जिल्ला अध्यक्ष झबिलाल पोख्रल बाणगंगाले अहिले सम्म जे गरेको छ  राम्रो छ  अव झन राम्रो हुनु पर्ने जनताको चाहाना छ भन्दै जनभावना बुझेर अघि वढ्न आग्रह गर्नु भयो । 

     कांग्रेस नेता रबि काफ्ले, कांग्रेस नगर अध्यक्ष  बिष्णु थापा, पत्रकार महासंघ कपिलवस्तुका शाखाका उपाध्यक्ष पार्बती पाण्डे , कपिलवस्तु उद्योग बाणिज्यसंघ अध्यक्ष उमानाथ पौडेल लगाएतले समृद्ध  नगर निर्माणका लागि नगरले वृहत योजना सहितको प्रभावकारी कार्यक्रम कार्यान्वयन गर्ने खालका योजना ल्याउन सुझाव दिनु भएको थियो । वाणगंगा नगरपाल्ीकाले कृषिलाई प्राथमिकता राख्दै रोगजारी सिर्जना गर्ने कार्यक्रम ल्याउन लागेको हो । आर्थिक बर्षको बजेटमा स्थानीय स्तरको रोजगारी सिर्जना गर्नमै ठूलो बजेट केन्द्रित हुने जनाएको हो । कोरोना महामारीका कारण बिदेशबाट आएकाहरुलाई स्वादेशमै स्वारोजगार बनाउने, कृषिमा आकर्षित बनाउने गरि कृषि क्षेत्रमा बिशेष प्याकेजका कार्यक्रम ल्याउने जनाएको हो ।

        यी नै विषयलाई  समेटेर नगरले शुक्रबार निति तथा कार्यक्रम सार्वजनिक गर्दैछ ।सुझाब संकलनको क्रममा नगर उपप्रमुख चक्रपाणी अर्यालले कृषिमा आधुनिकरण गर्र्दै बजारीकरणको उचित प्रबन्ध गर्दै कृषिबाट नै नगरको पहिचान गराउने गरि कार्यक्रम निर्माण गरेको वताउनु भयो । असार १० गतेभित्र सबै स्थानीय सरकारले आगामी वर्षको नीति, कार्यक्रम र बजेट आफ्नो सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ  हामीले सोहि अनुसार योजना र वजेट वनाउने तयारी गरेको छौं उहाँले आयोजीत कार्यक्रममा वताउनु भयो । सोहि अनुसार सुझाव संकलन गरिएको उहाँको भनाई थियो ।

     नगरमा नगर प्रहरीको ब्यवस्था गर्नुपर्ने, बसपार्क निर्माण गर्नुपर्ने, हाटबजारलाई ब्यवस्थित बनाउनुपर्ने, शिक्षामा गुणस्तरीयता बढाउनुपर्ने, महत्वपूर्ण धामिर्क तथा पर्यटकीय क्षेत्रको डिपिआर बनाउनुपर्ने, औद्योगितक क्षेत्र छुट्याउनुपर्ने, उत्पादनमूखि क्षेत्रमा लगानी बढाउनुपर्ने लगाएतका क्षेत्रमा नगरले विशेष प्राथमिकतामा योजना वनाई राखेर काम गर्नु पर्ने सुझावहरु आएका थिए  । मेयर मंगल प्रसाद थारुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षा शाखा अधिकृत खिम बहादुर जिशीले गर्नुभएको थियो । कार्यक्रमको बिषय संगै बजेटका बिषयमा प्रमुख प्रशासकिय अधिकृत चूरामणी पन्थीले प्रकाश पार्नूभएको थियो । 

प्रकाशित : ४ असार २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६