लुम्बिनी

एनएमबि बैंक द्वारा सिद्वार्थ क्याम्पसलाई वाटर फिल्टर सहयोग



कपिलवस्तु ५ असार ।  एनएमबि बैंक लिमिटेड जितपुर शाखा कपिलवस्तुले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सिद्वार्थ क्याम्पस बुङ्ची कपिलवस्तु लाई ४० लिटर क्षमताको वाटर फिल्टर सहयोग गरेको छ । वाटर फिल्टर हस्तान्तरण कार्यक्रममा बोल्दै एमएनबि बैंक जितपुर शाखाका प्रबन्ध प्रदिप तिवारीले बैंकले  सामाजिक उत्तरदायित्व अन्तर्गत देशभर विभिन्न  प्रकारका सहयोगका कार्यक्रमहरू गरेको अवगत गराउदैं बैंकले  आत्मनिर्भर नेपाल बनाउन कृषि देखि महिला उद्यमिहरूलाई सस्तो ब्याजदरमा  अनुदान कर्जा उपलब्ध गराउदै आएको उल्लेख गर्नुभयो । त्यस्तै  सिद्वार्थ क्याम्पसका पुर्व क्याम्प प्रमुख बालाराम ज्ञावाली एवम् संचालक समितीका उपाध्यक्ष रबि बहादुर काफ्लेले बैंकले प्रदान गरेको  वाटर फिल्टरुले क्याम्पसमा विद्यार्थी तथा शिक्षक कर्मचारीहरुका लागि स्वच्छ पानि पिउने वातावरण तयार भएको बताउनु भयो ।

                क्याम्पस सचांलक समितीका अध्यक्ष झबिलाल पोख्रेलले क्याम्पसले क्यु ए ए प्रमाणपत्र  प्राप्त गर्न विभिन्न मापदण्ड पूरा  गर्नु पर्ने अवस्थामा बैंकले स्वच्छ पिउने पानी को प्रबन्ध गरिदिएकोमा बैंक प्रती कृतज्ञता प्रकट गरेका थिए।क्यापसका प्राध्यापक एवम् एनएमबि बैंकका प्रतिनिधिहरूको उपस्थितिमा सामाजिक दुरि कायम गर्दै करिब एक लाख बीस हजार मूल्य बराबरको उक्त ुवाटर फिल्टर  क्याम्पसलाई हस्तान्तरण गरिएको हो । सिद्धार्थ क्याम्पस बाणगंगा बुङ्चीले कपिलवस्तुले विश्व विद्यालय अनुदान आयोगले प्रदान गर्ने गुणस्तर सुनिश्चितता तथा प्रत्यायनको प्रमाणपत्र क्यू ए ए मान्यता पाएको छ ।विश्व विद्यालय अनुदान आयोगको निर्णयअनुसार यही असार ८ गते सोमबार भर्चुअल माध्यमबाट प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रकाशित : ५ असार २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६