लुम्बिनी

सिद्धार्थ क्याम्पसले गुणस्तर सुनिश्चितताको प्रमाणपत्र पाउने निश्चित



कपिलवस्तु, ५ असार । सिद्धार्थ क्याम्पस बाणगंगा, बुङ्चीले अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको ‘गुणस्तर सुनिश्चितता तथा प्रत्यायन’ (क्यूएए) प्रमाणपत्र प्राप्त गर्ने निश्चित भएको छ । विश्वविद्यालय अनुदान आयोगले विहिबार पत्रचार गरी क्याम्पसलाई क्युएए प्रमाणपत्र प्रदान गर्ने निर्णय भएको जानकारी दिए पछि गुणस्तर प्रमाणीकरण हुने सुनिश्चित भएको क्याम्पस प्रमुख खेमराज शर्माले जानकारी दिनु भयो ।

        विश्व विद्यालय अनुदान आयोगले आगामी सोमबार अनलाईनमा आधारित ‘गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र वितरणको भर्चुअल समारोह’ आयोजना गरेको र सोहि समारोह मार्फत क्याम्पसलाई प्रमाणपत्र प्रदान गर्ने क्याम्पस प्रमुख शर्माले बताउनु भयो ।

        क्याम्पसको गुणस्तर परीक्षणको लागि आयोगले गठन गरेको विज्ञ टोलीले विभिन्न चरणमा क्याम्पसको अनुगमन, निरीक्षण तथा मूल्याङ्कन गर्दै पछिल्लो समय गत पुस महिनामा ५ दिनसम्म क्याम्पसका विविध पक्षको शुक्ष्म अध्ययन गरि अन्तिम मूल्याङ्कन गरेको थियो ।

प्राध्यापक डाक्टर जयराज अवस्थीको संयोजकत्वमा प्रा.डा. रत्नमाला आर्या, प्रा.डा. मिना वैद्य मल्ल, प्रा.डा. कमलदीप ढकाल र ममता प्रजापती सहितको ५ सदस्यीय पिआरटी टोलीले पुस ७ देखि ११ गते सम्म सबै सरोकारवाला संग छुट्टाछुट्टै अन्तक्र्रिया तथा छलफल गरेको थियो । टोलीले ५ दिनसम्म क्याम्पसमै आवासीय रुपमा रहेर क्याम्पसका सम्पूर्ण पक्षको शुक्ष्म ढंगले अध्ययन तथा अवलोकन गरेको थियो ।

        पाँच दिन लामो अध्ययन पश्चात प्रा.डा. अवस्थी नेतृत्वको उक्त टोलीले आफ्नो अध्ययन प्रतिवेदन क्याम्पसको बन्द कोठा बसेर तयार गरि आयोगमा पेश गरेको थियो । सोहि प्रतिवेदनका आधारमा प्रमाणीकरणको लागि सिफारिस भए पश्चात आयोगले प्रमाणपत्र प्रदान गर्ने निर्णय गरोको हो । आयोगले सोमबार सिद्धार्थ क्याम्पससंगै रुपन्देहीको शहिद नारायण पोख्रेल रामापुर क्याम्पस र धादिङको निलकण्ठ बहुमुखी क्याम्पसलाई समेत प्रमाण पत्र प्रदान गर्दैछ ।


प्रकाशित : ५ असार २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६