जीवनशैली

बाणगंगाको खारखानीमा मेगा सौर्यउर्जा परियोजना



कपिलवस्तु ६ असार । कपिलवस्तुको वाणगंगा नगरपालीका भित्र सौर्य उर्जा परियोजना संचालनका लागि विस्तृत अध्ययन् हुने भएको छ । नगरको वडा नं ७ को कोईली नदिपुलको पश्चिम क्षेत्र खारखानीमा सौर्य उर्जा परियोजना संचालन हुने भएको हो । परियोजनाको सर्वेक्षणका लागि यस अघि २ पटक अध्ययन् टोली आई कार्य गरेको वडा अध्यक्ष विष्णु गिरीले  प्रेसपाटीलाई  वताउनु भयो । वडा कार्यालय संगको सहकार्यमा अध्ययन  टोलीले काम गरेको उहाँले वताउनु भयो । लगानी वोर्डले उक्त क्षेत्रमा काम गर्नको लागि तथा विस्तृत रुपमा अध्ययन् गर्नको लागि सिंगापुरको एक कम्पनीलाई सर्वेक्षणको लागि अनुमती प्रदान गरेको छ । वाणगङ्गा नगरभित्र २० मेगावाट स्टोरेज सहित १२५ मेगावाटको दुई छुट्टा छुट्टै परियोजना संचालन हुने भएको हो । 

        यसरी संचालन हुने २० मेगावाट स्टोरेज क्षमतासहितको १२५ मेगावाटका दुई छुट्टाछुट्टै सौर्य ऊर्जा परियोजनाको सार्वजनिक–निजी साझेदारीमा विकास तथा सञ्चालनका लागि अध्ययन गर्न राइजेन इनर्जी सिङ्गापुर जेभी पिटिई लिमिटेडलाई सर्वेक्षणको अनुमति दिएको हो । प्रगति सामुदायिक वन क्षेत्र भित्र योजना संचालनका लागि वडा कार्यालयले सामुदायिक वन संग छलफल गरेको जनाएको छ । सामुदायिक वनले परियोजना संचालनका लागि स्वीकृत प्रदान गरि वडा कार्यालयलाई जानकारी गराएको वडा अध्यक्ष गिरीले प्रेसपाटीलाई वताउनु भयो । यस अघि सौर्य उर्जा संचालनका लागि उक्त क्षेत्रको ड्रोन मार्फत जानकारी कम्पनीले लिएको थियो ।वडा कार्यालयलाई ७० देखि १ सय विगाहा जमिन आवश्यक पर्ने भएको जनाएको हुदा आफहूले सोहि अनुसारको जमिन सहित उपलव्ध गराउने पत्र पठाएको वडा अध्यक्ष गिरीले वताउनु भयो । कम्पनीले वडा कार्यालयलाई नियमित रुपमा सम्पर्क गरिरहेको छ ।

        अहिले सोहि क्षेत्र भित्र खारखानी पार्क तथा पिकनीक स्पोट वडा कार्यालयले वनाउदै आएको छ । विज्ञ टोली मार्फत अध्ययन्न भई लगानी वोर्डवाट परियोजना स्वीकृत भएको हुदा योजनाले वाणगंगा नगरको विकासमा थप टेवा पुग्नेमा वडा अध्यक्ष गिरीले विश्वास व्यक्त गर्नु भयो । यसै विषयमा नगरका उप प्रमुख चक्रपाणी अर्यालले लगानी वोर्डले स्वीकृत प्रदान गरे संग अव कम्पनीले नगरलाई आधिकारीक जानकारी गराई अरु अध्यय्न तथा अनुसन्धानको काम अघि वढाउने प्रेसपाटीलाई वताउनु भयो । 

        यसमा नगरले पनि अवश्यक सहयोग तथा सहकार्यलाई अगाडी वढाउने वताउनु भयो । सो कम्पनीले बाँकेको कोहलपुरमा पनि अध्ययन गर्ने गरि स्वीकृत प्रदान गरिएको छ । त्यसैगरी बैठकले दाङ सिमेन्ट इन्डस्ट्रिजका लागि ३२ अर्ब ५० करोड र सम्राट सिमेन्ट उद्योगका लागि १५ अर्ब ५ करोड बराबरको लगानी स्वीकृत गरेको बोर्डले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बोर्डको ४४औँ बैठकले पाँचवटा जलविद्युत् परियोजना र दुईवटा सिमेन्ट उद्योगका लागि एक खर्ब ८५ अर्ब ४३ करोड बराबरका सातवटा परियोजनाको लगानी स्वीकृत प्रदान गरेको जनाएको छ । 

प्रकाशित : ६ असार २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६