अर्थ-वाणिज्य

बलात्कार पीडित बालिकालाई विदेशीएका युवाको सहयोग



रुपन्देही  ६ असार । तिलोत्तमा नगरपालिका शिवपुरकी बलात्कृत ८ वर्षीया वालिकालाई बैदेशिक रोजगारीमा रहेका युवाहरुले आर्थिक सहयोग गरेका छन् । जेठ २४ गते उनीमाथि विभत्स तरिकाले बलात्कार भएको थियो ।स्थानीय १४ वर्षियाले उनको मुखमा टेप लगाई बलात्कार गरी यौनांगमा कोदालोको बिड राखिदिएका थिए । सो घटनाबाट यौनांग र मलद्वारमा गम्भिर क्षति भएकी बालिका अहिले बुटवलस्थित कदम नेपालको सेफहाउसमा रहेकी छन् । उनलाई मकाउमा रहेका भोजपुरका मन्दिप रसाइली लगायतका युवाहरुले राहत पठाएका छन् । सञ्चार माध्यममा प्रकाशित समाचारका आधारमा पीडित वालिकालाई नगद २५ हजार पठाइएको मकाउमा रहेका युवा रसाइलीले बताए ।

        प्रदेशसभा सदस्य थानकुमारी थापाको हातबाट पीडित परिवारमा राहत पुराइएको हो । सो अवसरमा बोल्दै सांसद थापाले बलात्कार जस्ता जघन्य अपराधका घटना अन्त्यका लागि समुदाय नै सचेत वन्न आवश्यक रहेको बताउनु भयो । पीडित वालिकाको परिवार बिपन्न रहेको छ । उनका बुवाले अर्की विहे गरेर टाढिएका छन् । आमा डिप्रेसन बिरामीका कारण समस्यामा छिन् । दुई दिदी र एक भाई रहेको उनको परिवारमा दैनिक छाक टार्न समेत कठिन रहेको छ ।बलात्कृतपछि उनको उपचार भइरहेको छ । मलद्वार च्यातिएका कारण डाक्टरहरुले कोखबाट दिसा निकाल्ने उपाय अबलम्बन गरेका छन् । उनको केही दिनपछि अप्रेसन गर्ने तयारी रहेको कदम नेपालकी अध्यक्ष इन्दिरा आचार्यले बताउनु भयो ।

        सेफहाउसमा पीडित बालिका १३ बर्षिया दिदीसंगै रहेकी छन् ।उनका दिदीभाई कसैले पनि पढ्दैनन् । दिदीले कक्षा ३ पढ्दापढ्दै छाडेकी हुन भने पीडित बालिका कक्षा १ मा पढ्दै गर्दा छाडेकी हुन् । तिलोत्तमा नगरपालिका वडा नम्बर १० को झुपडी घरमा उनीहरुले रात काट्दै आएका छन् ।मकाउका युवाले पठाएको आर्थिक सहयोग पीडित बालिकाको नाममा बैंक खाता खोली जम्मा गरिएको कदमकी अध्यक्ष आचार्यले बताउनु भयो । 

प्रकाशित : ६ असार २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६