लुम्बिनी

राप्तीको बाढीमा फसेका ११ जनाको उद्धार



बाँके ७ असार ।  राप्ती नदीमा आएको बाढीमा फसेका ११ जनाको सकुशल उद्धार गरिएको छ ।राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ३ र ४ को सीमामा पर्ने ललहीमा ६ जना र वडा नम्बर २ मा फसेका ५ जना गरी ११ जनाको उद्धार गरिएको हो । सशस्त्र प्रहरी र रेडक्रसबाट तालिमप्राप्त स्वयंसेवकहरुले फसेकाहरुको उद्धार गरेका हुन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले नदीमा पानीको सतह खतराको संकेतभन्दा तल पुगेको जानकारी दिनुभयो ।हिजो नदीमा पानीको सतह खतराको संकेतमाथि पुगेपछि तटीय क्षेत्रमा सतर्कताका लागि साइरन बजाइएको थियो ।

प्रकाशित : ७ असार २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६